छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको बुटवलमा बृहत तीज मिलन कार्यक्रम सम्पन्न

 

रूपन्देही भदौ ७ हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा यस छत्रगंज रूपन्देही सम्पर्क समाजद्वारा तीज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ । छत्रगन्ज घर माइत तथा मामाघर भै विभिन्न कामकाे सिलसिलामा रूपन्देही तथा आसपासमा स्थाई तथा अस्थाई रूपमा बसोबास गरिरहनुभएका हरूलाइ समेटेर बृहत तिजमिलन कार्यक्रम सम्पन्न गरिएको हाे ।

कार्यक्रममा छत्रदेब ५ का वार्ड अध्यक्ष सहित सम्पूर्ण जनप्रतिनिधिहरूको उपस्थिति समेत उपस्थित रहेको थियो । कार्यक्रममा विभिन्न कामका सिलसिलामा रूपन्देही मा बसाेवास गरेका छत्रदेवका पाँच का स्थानीय जेष्ठ नागरिक सदस्य, एकल महिला तथा अपांगता भएका व्यक्तिहरूको सदस्यता नवीकरण सोही कार्यक्रम समेत गरिएको थियो । ज्येष्ठ नागरिक सदस्यता यसरी घरमै रूपन्देहीमै आएर आप्ना काम गरिदिएको भन्दै खुसि ब्यक्त गरेका थिए । उहाहरूले जनप्रतिनिधिको वास्तविक भुमिका निभाएकाेमा वडाका अध्यक्ष सहित जनप्रतिनिधि र पहल गर्ने सम्पर्क समाजका पदाधिकारी धन्यवाद ब्यक्त्त गर्नुभएको थियो । कार्यक्रममा अर्घाखाँची छत्रगञ्जमा साेसेराेफेराे गाइने मौलिक तीज गीत र नृत्य प्रस्तुत गरिएको थियोे ।

कार्यक्रममा बाेल्दै कार्यक्रममा प्रमुख अथिति छत्रदेव गाउपालिका ५ नं. वडा कार्यालयका अध्यक्ष बालकृष्ण पोखरेलले सम्पर्क समाजले सेवाकाे भावना राखेर काम गरेकाले आफुहरू सामजकै प्रस्ताव मा सिङ्गो टाेलिसहित रूपन्देही बाट सेवा प्रदान गरिएको बताउनु भयो । उहाले आफुहरूस्थािय नागरिक को सहज हुनेगरी सेवाप्रदान गर्न लागि रहने बताउनुभयो । कार्यक्रममा सम्पर्क समाजका अध्यक्ष सिद्धार्थ पन्थीको ले रूपन्देही मा कामकाे सिलसिलामा बस्नुपरे पनि आप्नाे मन छत्रदेवमै रहेकाे बताउनुभयो । अध्यक्ष पन्थीले जन्मभुमि प्रतिकाे मायाले छत्रदेवकाे बिकास मा सेवामा लागिपरेकाे बताउनु भयाे । कार्यक्रम सचिव बिराट पौडेलको सञ्चालन एवम् बन्दना पाण्डे, अनिता आचार्य तथा गीता रानाको संयाजनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ६५० को उपस्थिति कार्यक्रम सम्पन्न भएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.