दुई किशोरको डुबेर मृत्यु

 

कपिलवस्तु / कपिलवस्तुमा फुटबल खेलेर खोलामा नुहाउन गएका दुई किशोरको डुबेर मृत्यु भएको छ। बाणगंगा नगरपालिका- ८ ढोडेकोलका दुई युवकको डुबेर शनिबार मृत्यु भएको हो । मोर्मीस्थित कोइलीखोलामा नुहाउन गएका ढोडेकोलका ठाकुर भण्डारीका १५ वर्षका छोरा प्रतीक र सोही ठाउँ बस्ने कृष्ण सापकोटाका १६ वर्षीया सरोज सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेशविक्रम शाहीले जानकारी दिए ।साथीहरुसँग नजिकै फुटबल खेलेर गर्मी भएपछि नुहाउन खोलामा गएको स्थानीयले बताएका छन्। शनिबार दिउँसो साढे ३ बजेतिर नुहाउने क्रममा हराएपछि स्थानीय र प्रहरी मिलेर खोजी गरेका थिए। एक घण्टापछि दुवै जनालाई फेला पारेर पिपरा अस्पताल पुर्‍याइएपछि उनीहरुलाई मृत घोषणा गरिएको थियो।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.