राधाकृष्ण मन्दिरमा जन्माष्टमी महोत्सव तथा रथ यात्रा सम्पन्न

 

बुटवल । बुटवल-७ दीपनगरस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा जन्माष्टमी महोत्सव तथा रथ यात्रा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेयसहभागिभै राधाकृष्णको पुजा अर्चना गर्नुभएको थियो ।पुराना मौलिक संस्कृती र परम्परालाई जोगाउनुपर्ने बताउनु भयो । मन्दिरबाट निकालिएको रथलाई हिलपार्क-शिव मन्दिर-सोमबारे बजार-चमचम चोक हुँदै पुःन मन्दीरमा पुर्‍याइएको थियो । यस्तै मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा राधाकृष्ण मन्दिर भजन मण्डलीले सामाजिक सन्देशमुलक भजन प्रस्तुत गरेको मन्दिरका सचिव कमलराज घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा कार्यबाहक अध्यक्ष मिना रानाले मन्दिरको व्यवस्थापन र भौतीक संरचना निर्माणका लागि सबैजना एकजुट हुनुपर्ने बताउनुभयो । यस्तैगरी कार्यक्रममा निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद भट्टराई, उपाध्यक्ष करुणा मल्ल सल्लाहकार कल्पना थापा किसन पाण्डेय,राधा पाण्डेय ,लगायतले आआफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रको सञ्चालन सल्लाहकार कल्पना थापाले गर्नुभएको थियो । यस राधाकृष्ण मन्दिरमा नियमित रुपमा संध्याकालिन समयमा राधाकृष्ण मन्दिर भजन मण्डलीले सामाजिक सन्देशमुलक भजन प्रस्तुत गर्ने गरेको सन्देश चापागाइ जानाकारी दिनुभयो।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.