दशरथ टोलविकास सस्था बुटवल ८ सुख्खानगर द्धारा तीज मिलन कार्यक्रम सम्पन्न

 

बुटवल । दशरथ टोलविकास सस्था बुटवल ८ सुख्खानगरले तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । दशरथ टोलविकास सस्था आप्नै टोलबासि लाइ उपस्थीति गराएर दर खुवाउनुका साथै जनचेतना मुलक मौलिक तिजगित तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम दशरथ टोलविकास सस्था अध्यक्ष गेहेन्द्र राज न्यौपानेको अध्यक्षता सचिव ज्योति थापा को संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा दशरथ टोलविकास सस्था का सल्लाकार कृष्ण थापा, बालकुमारी अर्याल उाध्यक्ष कल्पना अर्याल हेमलाल पौडेल लगाएतले बोल्दै टोलवासि दिदि बहिनि दाजुभाइ सवैले आप्नो मौलिक परम्परा अनुसार मनाउन आग्रह गर्नुभएको थियो । उहाहरुले सोही अवसरमा बोल्दै महिलाहरुको महानपर्व तीजलाई संस्कृतिको जर्गेना गर्दैै सभ्य र भव्य रुपमा मनाउन आग्रह गर्नुभयो । दशरथ टोलविकास सस्था अध्यक्ष गेहेन्द्र राज न्यौपानेले चाडपर्व मनाउँदा अरुको देखासिकी, तडकभडक र फजुल खर्च गर्ने प्रवृती बढेको भन्दै पुराना भाका र संस्कृतिलाई समेट्दै एक आपसमा रमाईलो गरि तीज मनाउनुपर्नेमा जोड दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.