नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला महिला विभाग रुपन्देहीको तीज मिलन कार्यक्रम

बुटवलमा कर्मचारीको तिज मिलन कार्यक्रम सम्पन्न आउँदै गरेको हरितालिका (तीज) २०८१ को अवसरमा बुटवलमा तीज मिलन कार्यक्रम मनाइएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला महिला विभाग रुपन्देहीले शुक्रबार अपरान्ह कार्यक्रम मनाएको हो । रुपन्देही जिल्लामा निजामती सेवा र स्वास्थ्य सेवामा कार्यरत महिला कर्मचारीहरुका साथै विविभन्न पेशामा रहेर सेवा प्रवाह गर्दै आइरहेका कर्मचारीहरुले सामूहिक रूपमा दर खाएर रमाइलो गरेका थिए । नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय उपमहासचिव एवं महिला विभाग प्रमुख विजयालक्ष्मी सुवेदीले मौलिक तिजको गित गाएर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन रुपन्देहीकी उपाध्यक्ष एवम् महिला विभाग प्रमुख विष्णू पन्थी खनालको अध्यक्षता तथा केन्द्रीय उपमहासचिव सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुवेदीले नेपाल निजामती कर्मचारी संगठन जिल्ला महिला विभाग रुपन्देहीले यस्तो संस्कृति जगेर्ना गर्ने कार्यकर्मको आयोजना गरी आफुलाई सहभागी हुने अवसर प्रदान गरेकोमा नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीलाई धन्यवाद ज्ञापन गरीन । नेपाल निजामती कर्मचारीका अध्यक्ष प्रेम प्रसाद खनालले शुभकामना मन्तव्य राख्दै यस्ता कार्यक्रम मौलिक र सास्कृतिक सद्भाव कायम राख्ने जिल्लाभर छरिएर रहेका संगठन प्रेमी महिला कर्मचारीहरुका विचमा खुशी साट्ने एउटा माध्यम बन्न सकोस र निरन्तारा पाओस भन्दै सांगठनिक गतिविधमा आफुले हरतहरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने केन्द्रीय सदस्य एवं रुपन्देही ईन्जार्ज नारायण प्रसाद भण्डारीले सास्कृतिक थलोको रुपमा रहेको रुपन्देही जिल्लाले यस्तो कार्यक्रम गर्दा महिला कर्मचारीहरुका विचमा आपसी भाईचारको सम्बन्ध स्थापित हुने हुँदा दुख साटासाट गर्ने अवसर प्राप्त हुने बताउँदै शुभकामना दिएका थिए । सैनामैना नगरपालिकाका उपपेयर विना रानाले यस्ता कार्यक्रमले महिलाहरुको मनोवल उच्च राख्न उत्प्रेरणा प्रदान गर्ने भएकोले नेपाल निजामती कर्मचारी संगठन जिल्ला महिला विभागले यस किसिमको कार्यक्रम आयोजना गरेकोले भव्य सफलताको शुभकामना व्यक्त गरीन । रुपन्देहीका जिल्लाका विभिन्न पालिकाहरुका उपमेयर, उपाध्यक्ष, नेकपा एमालेका महिला नेतृहरु र विभिन्न पेशागत क्षेत्रका महिला नेतृहरुको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका उपाध्यक्ष एवं महिला विभाग प्रमुख विष्णु पन्थी खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्कक्रममा जिल्ला कमिटी सदस्य पार्वता भण्डारी पोख्रेलले स्वागत तथा महिला विभाग सदस्य शारदा मरासीको संचालनमा सम्पनन भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.