बुटवलमा १२ सय शैयाको अस्पताल निर्माण सुरू ,निर्माणमा जनस्तरबाट निगरानी गर्नुपर्ने र गुणस्तरीय काम गराउन खबरदारी

 

बुटवल । बुटवलमा १२ सय शैयाको अस्पताल निर्माण सुरू गरिएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज एक समारोहकाबीच १२ सय शैयाको प्रादेशिक अस्पताल भवन निर्माणको शुभारम्भ गर्नुभयो।अस्पताल भवन लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना र बुटवलकै ठूलो पुर्वाधार हो । अर्थमन्त्री पौडेलले अस्पताल निर्माणपछि लुम्बिनी र आसपासका क्षेत्रहरूका जनताको स्वास्थ्यमा महत्वपूणर् सहयोग पुग्नेछ बताउनुभयो।


निर्माणमा जनस्तरबाट निगरानी गर्नुपर्ने र निर्माण कम्पनीलाई गुणस्तरीय काम गराउन खबरदारी हुनुपर्ने बताउनुभयो ।
अस्पताल भवनको शिलान्याशपछि बोल्दै अर्थमन्त्री पौडेलले छिटो काम सक्ने नाममा गुणस्तरहीन काम हुन नदिन नागरिक समाज, मिडिया, स्थानीय र प्रदेश सरकार सबैले निगरानी बढाउनुपर्नेमा जोड दिनुभएको हो । विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्ने उहाँको भनाई छ ।
६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतको यो अस्पताल भवन बुटवलकै ठूलो गेमचेन्जर आयोजना हो ।
उहाँले अस्पतालको भवन निर्माण संगसंगै जनशक्ति र उपकरण व्यवस्थापनको प्रकृया पनि बेलैमा थालेर भवन पूरा हुंदा पूणर् क्षमतामा सेवा सञ्चालन गर्न प्रदेश सरकारलाई सुझाव दिनुभयो।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यो अस्पताल भवनले सिंगो प्रदेशको मात्र नभएर देशकै स्वास्थ्य क्षेत्रलाई परिवर्तन गर्ने बताउनुभयो । संघीय सरकारबाट गत वर्ष समानीकरण शीर्षकमा बजेट प्राप्त नहुँदा झण्डै साढे २ अर्ब बजेट दायित्व प्रदेश सरकारलाई थपिएको भन्दै उहाँले संघीय सरकारले बजेट पठाउनुपर्नेमा जोड दिनुभयो ।
लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले नयाँ बन्ने अस्पतालको अवनले आधुनिक अस्पतालको आवश्यकतालाई पूरा गर्ने बताउनुभयो । प्रदेशकै गौरवको आयोजना भएकाले प्रदेश सरकारले यसको सही व्यवस्थापन गर्ने सभामुख घर्तीको भनाई छ ।
निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले अस्पताल निर्माण प्रकृया केही वर्ष अघि नै शुरु भएपनि विविध कारणले हुन नसकेको स्मरण गर्दै शिलान्याशको चरणमा आइसकेकाले अब समयमै गुणस्तरीय काम र समयमै निर्माण सम्पन्न गर्न ध्यान दिनुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारुले अस्पतालको हालको अवस्थाबारे जानकारी गराउँदै स्तरोन्नतीपछि यो नमूना अस्पताल बन्ने बताउनुभयो । लुम्बिनी प्रदेशसभाका भोजप्रसाद श्रेष्ठले अस्पतालले बुटवललाइ आर्थिराजधान बनाउन सघाउने बताउनु भयो ।
बुटवलका मेयर खेलराज पाण्डेयले बुटवलमा रहेका प्रदेश सरकार अन्तर्गतका निर्देशनालय र अन्य कार्यालयहरु प्रदेश सरकारले जबरजस्ती दाङ सार्न खोजेको भन्दै रोक्न माग गर्नुभयो।
भवन निर्माणका लागि जग खन्न ७० प्रतिशत बढी पाइलिङ (जमिनमा मेशिनले प्वाल पारेर पिल्लर गाड्ने काम) सम्पन्न भइसकेको छ । हाल ६५ जना कामदारबाट कम्तिमा दैनिक १० घण्टाका दरले काम भैरहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.