तिजपर्वको मौलिक पन हराउदै गएकोमा बक्ता हरुको चिन्ता

 

भदौ १८
तिजपर्वको मौलिक पन हराउदै गएको भन्दै एक कार्यक्रमका बक्ता हरुले चिन्ता ब्यक्त गरेका छन । लुम्बिनी वेल्फेयर सोसाइटी नेपालले बुटवलमा आयोजना गरेको तिज मिलन तथा सम्मान कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पछिल्लो समय तिजको मौलिकता हराउँदै गएको र समाजमा बिकृति फैलिन नदिन समाजका अग्रजहरु लाग्नु पर्ने बताउनु भयो ।


उहाले पछिल्लो समय तिज पर्वका नाममा अनेक विकृति फैलिएको बताउँदै यसलाई यस्तै सामाजिक संस्थाको माध्यमबाट हटाउन आग्रह समेत गर्नुभयो । पछिल्लो समय संस्थाले गरेका सामाजिक कामहरूको प्रशंसा गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले आगामी दिनमा संस्थालाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा विशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका वाड नम्बर ८ का अध्यक्ष यज्ञ पंगेनीले तिजलाई सभ्य र मौलिक रुपमा मनाउन आग्रह गर्नुभयो । संस्थाका अध्यक्ष डि एल शर्माले नेपाललाई विषादीयुक्त फलफूल आयातलाई निर्मूल पार्ने उदेश्य रहेको बताउनुभयो । उहाले विशेषगरी नेपाललाई आँप र कटहरमा आत्मनिर्भर बनाउने संस्थाको उदेश्य रहेको बताउँदै संस्थाले सुरुवात बुटवलबाट गरेको बताउनुभयो । अध्यक्ष शर्माले केही समय अघि संस्थाले बुटवलको शिवनगर सामुदायिक वनमा १३० वटा आँपका बिरुवा रोपेर अभियानको थालनी गरेको जानकारीसमेत दिनुभयो ।कार्यक्रममा स्वागत गर्दै वरिष्ठ उपाध्यक्ष रवीन्द्रनाथ पंगेनीले तिज सरल तरिकाले मनाउन सबैलाई आग्रह गनुभयो उहाले गलत संस्कारलाइ सवैमिलेर हटाउनु भयो ।
कार्यक्रममा २९ जना नयाँ आजिवन सदस्यहरूलाई प्रमाणपत्रको साथमा सम्मान गरिएको थियो ।
महासचिव ध्रुव पाण्डेले सञ्चालन गरेको कार्यक्रमको समापन महिला उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रतिभा पाण्डेले गनुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.