राधाकृष्ण मन्दिर बुटवल ७ दिपनगरको प्रथम अधिवेशन सम्पन्न

 

रुपन्देहि भदौ १९
राधाकृष्ण मन्दिर बुटवल ७ दिपनगरको तेस्रो बार्षिक साधारण सभा प्रथम अधिवेशन सम्पन्न भएको छ । साधारण सभाको राधाकृष्ण टोल निवासि जेष्ठनागरीक ज्योतिष पण्डित नेत्र प्रसाद सापकोटा ले उद्घाटन गर्नु भएको कार्यक्रममा मन्दिरका आर्थिक समितिका संयोजक गुप्तबहादुर केसि,त्रिभुवन युनाइटेड एकडेमिका अध्यक्ष उमाकान्त बस्याल, निर्माण समिति अध्यक्ष कृष्ण प्रसाद भट्टराइ, लगायतले बोल्दै वडाको सांकृतिक गहनाको रुपमा रहेको राधाकृष्ण मन्दिर संरक्षण र विकासमा सवैको सहयोग रहनु पर्ने बताउनु भयो । कार्यक्रम मन्दिर ब्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष मिना रानाको अध्यक्षता सचिव कमल राज घिमिरेको संचालन तथा सदस्य हरिकला सापकोटाको को स्वागतमा सम्पन्न भएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष देवप्रसाद खनालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा मन्दिरका पुजारी तुल्सीराम भट्टराइ,प्रवाखर चापागाइ र हुमकान्त डुम्रेले स्वस्तिबाचन गर्नुभएको थियो । यसैगरी मन्दिर ब्यवस्थापन समितिको प्रथम अधिबेशनले शेषकान्त अर्यालको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा सावित्रि खड्का,सचिव देव प्रसाद खनाल, सहसचिव प्रेम प्रसाद सापकोटा र कोषाध्यक्ष प्रतिभा पाण्डेय रहनु भएको छ । यसै गरी सदस्य हरुमा करुणा मल्ल,प्रेम प्रसाद भट्टराइ,रहनु भएको छ । कार्यसमितिमा कार्यसमितिले थप चारजना मनोनित र मन्दिरका पुजारी एक जना र राधाकृष्ण टोलबिकास संस्थाका अध्यक्ष एक गरी दुइजना पदेन सदस्य गरी १३ सदस्यिय कार्यसमिति रहने ब्यबस्था रहेको निर्वाचन अधिकृत अधिबक्ता कृष्ण प्रसाद पाण्डेयले बताउनु भयो । कार्यक्रममा वडामा रहेका विभिन्न संघसंस्था , क्लवका प्रतिनिध वडाबासिको उपस्थिति रहेको थियो । मन्दिर २०३८ सालमा स्थापना गरिएको भएपनि गतबर्षमात्रै पुननिर्माण सम्पन्न गरीएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.