पाराओलम्पिकमा पदक विजेता पलेशालाई भव्य स्वागत र सम्मान

 

काठमाडौं । नेपालका लागि पाराओलम्पिकमा पदक विजेता पलेशा गोवद्र्धनलाई भव्य स्वागतसहित सम्मान गरिएको छ । पेरिस पाराओलम्पिकमा कास्य पदक जितेर फर्केकी पलेशालाई सरकार र नीजि क्षेत्रले समेत सम्मान गरेका छन् । पलेशाले आफूलाई विश्वास गर्नु नै आफ्नो जितको सबैभन्दा ठूलो हतियार रहेको बताइन ।
राष्ट्रिय खेलकुद परिषद्मा बुधवार आयोजित स्वागत कार्यक्रममा पलेशाले अब गौरवपूर्वक हामीले नेपालसँग पनि ओलम्पिकको पदक छ भन्न सक्ने अवस्था रहेको बताइन् ।


पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा काँस्य पदक जितेकी हुन् । प्रशिक्षक कविराज नेगी लामाले अब नेपालले पनि ओलम्पिकमा पदक जित्नसक्छ भन्ने प्रमाणित भएको बताउँदै स्वर्ण जित्ने लक्ष्यसहित गए पनि शुरुमा सम्हालिन नसक्दा लक्ष पूरा नभएको बताए ।
पदक जितेपछि खेलाडीले पुरस्कार पाउने गरी कानूनी नै निर्माण गरेकोले पलेशाले ६५ लाख नगद पुरस्कार पाउने सरकारले बताएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.