सुनौलो बिहानी फुर्तिलो समूह बुटवलले सिद्धेश्वरी मैदानमा ‘तीज बिशेष कार्यक्रम’ गर्ने

 

बुटवल, भदौ १९ । हजारौं मानिसलाई स्वस्थ जीवन बाँच्न प्रेरणा जगाउँदै आएको सुनौलो बिहानी फुर्तिलो समूह बुटवलले हरितालिका तीजको अवसरमा ‘तीज बिशेष कार्यक्रम’ गर्ने भएको छ । यहि भदौ २१ गते शुक्रबार (तीजको दिन) बुटवल दीपनगरस्थित सिद्धेश्वरी मैदानमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा समूहकी अध्यक्ष विष्णुमाया श्रेष्ठले हिन्दू नेपाली नारीहरुको महान पर्व तीजको दिन मनोरञ्जन सँगसँगै दिदी बहिनीबीच सुखदुःख साटासाट गर्ने उद्देश्यले बिशेष कार्यक्रम आयोजना गरीएको बताउनुभइ । लामो समयदेखि हरेक दिन बिहानको समयमा निःशुल्क रुपमा योगा लगायतका बिभिन्न कार्यक्रम गरी स्वस्थ जीवन बाँच्न प्रेरणा जगाउँदै आएको समूहले तीज पर्वलाई बिशेष बनाउने र स्वास्थ्य सचेतना फैलाउने गरी कार्यक्रमको तयारी भइरहेको उहाको भनाइ छ् । मौलिक संस्कृती र परम्परा संरक्षण गर्दै तीजको परम्परागत बिशेषता झल्कने गीत, नृत्यसँगै बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरीने संयोजक श्रेष्ठले बताउनुभयो ।
अश्लील र छाडा बन्दै गएको तीजमा मौलिक तीज भाकाहरु पस्कन र आमा दिदि बहिनीहरुलाई जमघट गराउन तीज विशेष कार्यक्रम आयोजना गरिएको समूहका संस्थापक अध्यक्ष अनन्तमान थैबले जानकारी दिनुभयो । मौलिकता हराउन नदिन र तीजलाई भड्किलो बनाउन नदिन अरुको सिको गर्न छाडेर आफुसँग जे छ त्यसैमा रमाउनुपर्ने उहाको भनाइ थियो । समूहले बिहानको कार्यक्रम सँगसँगै रक्तदान, दन्त शिवर, बिभिन्न ठाउँमा स्वास्थ्य शिविर लगायतका कार्यक्रम पनि आयोजना गर्दै आइरहेको संस्थापक अध्यक्ष थैबले जानाकारी दिनुभयो ।
स्वस्थ जीवन हाम्रो अभियान भन्ने नारासहित २०७७ फागुनमा १०-१५ जनाबाट सुरु गरीएको समूहमा अहिले एक हजार बढी सदस्य आबद्ध रहेको समूहका सचिव देविराम पन्थी डिआरले बताउनुभयो । समुहले बिहानको समय सदुपयोग गर्दै हरेक दिन बिहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्ने कार्यक्रममा दुइ स्थानमा ७ सय बढीको सहभागीता रहने उहाले बताउनुभयो । समुहले सञ्चालन गर्ने उक्त कार्यक्रममा निःशुल्क रुपमा सहभागी हुन सकिने उहाले बताउनुभयो ।


कार्यक्रममा आमा दिदि बहिनीहरुका बिभिन्न समुह सँगै राष्ट्रिय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति रहने समूहका सदस्य तथा कार्यक्रम सञ्चालक नारायण खनाल (लेकाली)ले बताउनुभयो । हाँस्य कलाकार तथा गायक पुर्खे बा, उज्जवल गिरी, गायिका मञ्जु भट्टराई, सकुन्तला गैरे, कोपिला न्यौपाने लगायतका कलाकारले कार्यक्रममा प्रस्तुति दिने छन् । कार्यक्रममा सहकार्य गर्दै बुटवल उपमहानगरपालिका, वडा नम्बर ७ र ८ कार्यालय, बिभिन्न संघसंस्था र व्यक्तिहरुले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा उत्कृष्ट प्रस्तुती दिने समुह तथा व्यक्तिहरुलाई सम्मानसहित कोशेली प्रदान गरीने आयोजककले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.