सुनौलो बिहानी समूहको दीपनगरमा भब्य तीज विशेष कार्यक्रममा,स्वस्थ जीवन बाँच्न प्रेरणा

 

बुटवल, भदौ । सुनौलो बिहानी फूर्तिलो समूह,बुटवल तीज दिन बुटवल ७ दीपनगरस्थित सिद्देश्वरीको खेल मैदानमा भब्य तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

मानिसलाई स्वस्थ जीवन बाँच्न प्रेरणा जगाउँदै आएको समूहले पहिलो पटक आयोजित तीज विशेष कार्यक्रममा हजारौं दर्शकको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले तीजलाई संस्कृतिक रुपमा मनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रम संयोजक तथा समूहकी अध्यक्ष विष्णुमाया श्रेष्ठले मनोरञ्जन सँगसँगै दिदी बहिनीबीच सुखदुःख साटासाट गर्ने उद्देश्यले कार्यक्रम गरिएको कार्यक्रमले हौशला थपेको बताउँदै आगामी दिनमा पनि कार्यक्रम गर्दै जाने बताउनुभयो । उहाले नेपालि महिलाको महान पर्व हरितालिका तिज मौलिक परम्परागत शैलिमा संकृतिको जर्गेना हुनेगरी मनाइएको बताउनु भयो ।

कार्यक्रममा आमा दिदी बहिनीहरुका विभिन्न समुहसँगै राष्ट्रिय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो । हाँस्य कलाकार तथा गायक पुर्खे बा, उज्जवल गिरी, गायिका मञ्जु भट्टराई, तारा थापा, सकुन्तला गैरे, नारायण लेकाली, कोपिला न्यौपाने लगायतका कलाकारले कार्यक्रममा प्रस्तुतिमा दर्शक झुमेका थिए । कार्यक्रममा सहकार्य गर्दै बुटवल उपमहानगरपालिका, वडा नम्बर ७ र ८ कार्यालय, विभिन्न संघसंस्था र व्यक्तिहरुले आर्थिक सहयोग गरेका थिए ।

तीजमा मौलिक तीज भाकाहरु पस्कन र आमा दिदि बहिनीहरुलाई जमघटले राम्रो आशा जगाएको समूहका संस्थापक अध्यक्ष अनन्तमान थैबले जानकारी दिनुभयो । समूहका सचिव देवीराम पन्थी (डीआर)ले आगामी दिनमा स्वास्थ्य सचेतना सम्बन्धी कार्यक्रम पनि गरिने जानकारी दिनुभयो । कार्यक्रमलाइ स्थानियको चाहाना अनुसार आगामि बर्षपनि पनि तिजबिशेष कार्यक्रमलाइ निरन्तरता दिने देवीराम पन्थी (डीआर)लेबताउनुभयो । कार्यक्रम कलाकार नारायण खनाल लेकालिले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.