महलिालाइ आर्थिक रुपमा सवल बनाउदा मात्रै धेरै अधिकार प्राप्त गर्न सकन्छि

 

बुटवल भदौ २६
संविधानमा प्राप्त महिलाअधिकार पुणर्रुपमा कार्यन्वयन हुन नसकेको एककार्यक्रमका बक्ता हरुले बताएका छन । उनिहरुले पुरुषमा मात्रै होइन महिलाहरुमानै पृति सत्तात्मक सोच रहेकोले पनि प्रात्त महिला अधिकार पुणर् कार्यन्वयनमा समस्या भएको बताएका छन । अखिल नेपाल महिला संघ बुटवल उपमहानगरको १८ अधिवेशनमा बोल्ने बक्तहरुले महिला अधिकारका सवालमा विगतमा भन्दा धेरै सहज भएको भएपनि समाज रुपान्तरणम महिलाले गरेको योगदानको तुलनामा अहिले प्राप्त अधिकार कमै हुने उनिहरुको भनाइ थियो ।


बक्त्ताहरुले हरेक स्थानमा पचास प्रतिसत महिलाको सहभागिता गराउनु पर्ने माग समेत गरेका छन । कार्यक्रमा बोल्दै अनेमासंघ केन्द्रीय कमिटि सदस्य तथा लुम्विनि प्रदेश सभा सदस्य जानकी न्यौपानेले महिला मुक्त्तिका सवालमा धेरै कठिनाइ सहेर यहासम्म आइ पुगेको बताउनु भयो । उहाँले एउटा खुट्टामा एउटा अर्को खुट्टामा अर्कै चप्पल लगाएर संगठन विस्तारमा लागेको स्मरण गर्दै पहिलेको तुलनामा धेरै सहज भएको बताउनु भयो । कार्यक्रमा एमाले केन्द्रीय सदस्य गोमा आर्चायले महिला हरुको अधिकारको सवालमा एमाले धेरै अगाडि रहेको बताउनु भयो ।

उहाले महिलालाइ आर्थिक रुपमा सवल बनाउदा मात्रै धेरै अधिकार प्राप्त गर्न सकिने बताउनु भयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य सावित्रा अर्यालले महिलाहरुलाइ सिप संग जोडेर आयआर्जमा अगाडि बढाउन सके महिलाहिंसामा समेत कमि ल्याउन सकिने बताउनुभयो । कार्यक्रमा एमाले लुम्विनि प्रदेश अध्यक्ष राधाकृष्ण कडेल, ,अनेमासंघ केन्द्रीय सदस्यहरु ज्ञानु केसि , कल्पना थापा, थानकुमारीथापा अनेमा संघ लुम्विनि प्रदेश अध्यक्ष पम्फवति खनाल एमाले रुपन्देहि अध्यक्ष यज्ञ गैरे, एमाले प्रदेशसदस्य एव बुटवल उपमहा नगर इन्चार्ज गोपाल राना ऋषि राम पाण्डे,बाबुराम पन्थि,बुटवल नगर अध्यक्ष किसन ज्ञवालि अनेमासंघ अनेमा सघ जिल्ला अध्यक्ष विष्णु केसि ,प्रदेश सदस्य विमला श्रेष्ठ ,पुनम लिगल,ममता पौडेल,सतिा खनाल,दुर्गा पाठक,कमला भण्डारी,झविन्द्र रायमाझि अनेमा संघ नगर अध्यक्ष बसुन्धरा भुसाल, लगायतले बोल्दै अनेमा संघको पार्टि निर्माण देखि सदस्यता, संगठन विस्तारमा अहम भुमिका रहेको बताउनु भयो ।

उहाँहरुले अनेमा संघको एकबर्षे कार्य अवधि छोटो भएको भन्दै कम्तीमा दुइ बर्षे अवधि बनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा अध्यक्ष बसुन्धरा भुसालले राजनैतिक तथा सांगठनिक प्रतिबेदन तथा कोषध्यक्ष बालकुमारी अर्यालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अनेमासंघ नगर सचिव बिष्णु थापाको संचालन उपाध्यक्ष लक्ष्मि गैरेको संचालनमा भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.