एमालेको बहुमत नहुदा सम्म जनताले चाहेजस्तो विकास हुन सक्दैन, पोलिटब्युरो सदस्य गिरि

 

सुन्दर आचार्यको अध्यक्षतामा ३१ सदस्यीय वडाकमिटि सर्वसम्मत निवार्चित
बुटवल भदौ २७
एमाले का पोलिटब्युरो सदस्य एव लुम्विनि प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरिले तिनै तहका सरकारमा एमालेको सुविधाजनक बहुमत नहुदा सम्म जनताले चाहेजस्तो विकास हुन नसक्ने बताउनु भएको छ । नेकपा एमाले तिलोत्तमा ६ को दोस्रो वडा अधिवेशनको उद्घाटन गर्दै गिरीले विगतमा पार्टि भित्रको आन्तरिक कारण र देशभर एमाले माथिको घेराबन्दीले तिनै तहका धेरै स्थानमा जित हासिल गर्न नसकिएको बताउनु भयो ।उहाले पार्टिले आगामि ८४को निर्वाचनमा अत्याधिक बहुमतका साथ जित हासिल गर्ने गरी लाग्न पार्टिका नेता तथा कार्यकर्तालाइ आग्रह पनि गर्नुभयो । अधिबेशनमा एमाले केन्द्रीय सदस्य गोमा आचार्य , एमाले लुम्विनि प्रदेश कमिटि सदस्य,मोहन चापागाइ ,जागेश्वर देवि चौधरी ,जिल्ला अध्यक्ष यज्ञ गैरे, जिल्ला सदस्य दिवश थापां,तिलोत्तमा नगर कमिटी अध्यक्ष तामनाथ पाण्डे , नगर सचिव मिनप्रसाद पोखरेल ,माधव पाठक,सुकदेव न्यौपाने एकदेव पाण्डे दिपक पाठक,लगायतले बोल्दै जनताको भावना बुझेर पार्टिले काम गर्नु पर्ने मिसन ८४ सफल बनाउन आजैदेखि लाग्नु पर्ने बताउनु भयो । उहाँहरुले पार्टिमा भएका आन्तरीक मतभेद हरु पनि समयमै पहिचान गरेर एकता बद्ध रुपमा संगठन बिस्तारमा लाग्नु पर्नेमा जोड दिनु भयो । अधिबेशनमा वाड कमिटी अध्यक्ष एकदेव पाण्डेले राजनितिक तथा सांगठानिक प्रतिवेदन र सचिव सुन्दर आर्चाय आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन सचिव सुन्दर आर्चायले स्वागत उपाध्यक्ष दिपक पाठकले गर्नुभएको थियो । कार्यक्रमा तिलोत्तमा ६ मा भित्र रहुनु भएका बिभिन्न समयमा पार्टि मा योगदान गर्ने पाँच जनालाइउहा हरुको सम्मानमा मरणोपरान्त उहाँका परिवारलाइ सम्मान गरीएको थियो । तेसै गरी पार्टिमा लामो समयदेखि योगदान पुराउने जेष्ठनागरिक सहित ३५ जना लाइ सम्मान गरीएको थियो ।

अधिवेशनले सुन्दर आचार्यको अध्यक्षतामा ३१ सदस्यी वडाकमिटि सर्वसम्मत निवार्चित गरेको छ । कमिटिको उपाध्यक्षमा झविन्द्र गिरी,सचिव देवेन्द्र भट्टराइ,र सहसचिवमा कमला गुरुङ,दिल बहादुर अधिकारी रहनु भएको छ । तेसै गरी सदस्यहरु मा तेज प्रसाद पाठक,निर्मला तिवारी,कृष्ण प्रसाद भट्टराइ, जिवकला न्यौपाने,मुक्ति प्रसाद बस्याल, ज्ञानबहादुर झेडि,जितबहादुर थापा, हुमाकान्त मरासिनी,प्रर्मिला थापा, हुमाकान्त अर्याल,सोभा अर्याल,तिलक पाण्डे,जुगत्ति थारु,रातरानि थारु,मिना गुरुङ,लक्ष्मि गौतम आर्चाय,रहनु भएको छ । तसैगरी मायाँ मौरति ,रिता थारु लोक प्रसाद पौडेल लगायत रहनु भएको निर्वाचन समितिका संयोजक माधव पाठकले जानाकारी दिनुभयो ।

कार्यक्रममा निर्वाचित अध्यक्ष सुन्दर आचार्यले आप्नो वडमा पार्टिलाइ बलियो बनाउने र आगामि निर्वाचनमा अत्याधिक बहुमत ले जिताउने प्रतिवद्धता जनाउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.