समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

 

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढङ्गले पूरा गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रममा प्रधानमन्त्री ओलीले के गर्ने, के हासिल गर्ने भन्ने थाहा नभइकन कार्यालय आउने र जाने प्रथालाई अन्त्य गर्दै विगतमा आफू प्रधानमन्त्री हुँदा यस प्रकारको पद्धति बसालेको बताउनुभयो ।
“हामी टिम स्पिरिटमा काम गर्छाैँ, एकार्कालाई सहयोग गछौँ । लोकतन्त्रका र जनताका हित गर्दै सुशासन र सुरक्षा कायम गर्न प्रतिबद्ध छौँ भन्ने यी सम्झौतामा समावेश गरिएका छन् । हामीले यस बमोजिम थप दृढताका साथ काम गर्नुपर्ने छ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले पूर्वमन्त्रीहरुसँगका काम लाग्ने अनुभवबाट पनि सिक्ने र सम्झौतामा नभएका तर देशका लागि गर्नुपर्ने देखिएका काम गर्न आग्रह गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.