दीपका विधार्थिले मानवसेवा आश्रमका बाललालिका संग मनाए बालदिवस

 

क्लबले गर्यो शैक्षिक सामग्री वितरण

तिलोत्तमा, भदौ २९ । रूपन्देहीको बुटवल-८ सुख्खानगरनगरमा रहेको दीप बोर्डिङ हाइ स्कु्लका विर्धार्थि हरुले रुपन्देहिको तिलोत्तमामा रहेको मानवसेवा आश्रमका बाललालिका हरु संग केक काटेर तथा शैक्षिक सामग्री प्रदान गरेर बालदिवसमनाएका छन । दीप बोर्डिङ हाइ स्कु्लका मा गठित इन्टर्याक्ट क्लबले ६० औँ बाल दिवसका अवसरमा मानवसेवा आश्रममा शैक्षिक सामग्री वितरण गरेको हो । तिलोत्तमा भलवारीस्थित उक्त आश्रममै पुगेर क्लबका पदाधिकारी एवम् सदस्यहरूले सामग्री वितरण गरेका हुन् ।

सामग्री हस्तारन्तरण कार्यक्रममा बुटवल उपमहानगर खेलकुद समिति संयोजक बोमिन पियाले आश्रम पुगेर आश्रमका बालालिका तथा आमाबुवा हरु संग विधार्थिले बालदिवस मनाउदाँ एसले धेरै सकारात्मक प्रभाव पारेको बताउनुभयो । इन्टर्याक्ट क्लबका विधार्थि हरुले गरेका यस प्रकारको उत्कृष्ट कार्यको अनुसरण सवैले गर्नुभयो । इन्टर्याक्ट क्लबले शिक्षा,मानव सेवा, बाताबरण सरसफाइ, जनचेतना तथा जनस्वाथ्यका विविध क्षेत्रमा गरेका काम प्रशंसायोग्य रहेको बताउनु भयो । कार्यक्रममा आश्रमकि टिका थापाले जसको कोहि पनि छैन केहिपनि छैन सडकपेटिबाट ल्याइएका बालबालिका हरुलाइ सम्झेर शैक्षिक समाग्री र खेलकुदसमाग्री वितरण गरेर पुण्यको काम गरेको बताउनु भयो । उहाँले जसको कोहि छैन जो असक्त छन तिनिहरुको लागि हामि सवैहुनु पर्ने पनि बताउनु भयो । कार्यक्रममा कक्षा ७ र ८ संयोजक शिक्षक कृष्ण भुसाल यस मह कक्षा ७ र ८ संयोजक शिक्षक कृष्ण भुसालले हरेक बालबालिकाको बालअधिकार सुनिश्चित हुनुपर्ने बताउनु भयो । उहाले बालदिवसको खवसरमा, विधार्थिहरुको चाहाना अनुशारनै यसप्रकारको कार्यक्रम आयोजना गरीएको बताउनुभयो ।

कार्यक्रममा क्लबका अध्यक्ष सुहाना बन्जाडेको अध्यक्षता, बुटवल उपमहानगर खेलकुद समिति संयोजक बोमिन पियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका कक्षा ७ र ८ संयोजक शिक्षक कृष्ण भुसाल, क्लबका संयोजक शिक्षक रोहित शाह, युवा रेडक्रस दीपका संयोजक शिक्षक सन्दीप बस्याल, पत्रकार केशव भण्डारी लगायतको आतिथ्य रहेको कार्यक्रममा बालअधिकार र शिक्षाको महत्वका बारेमा क्लबकी उपाध्यक्ष दिम्पी केशरीले प्रकाश पार्नुका भएको थियो । कार्यक्रम क्लबका सचिव कुशल अर्यालले सञ्चालन गनुभएको थियो । कार्यक्रममा आश्रममा रहेका बालबालिकालाई खेलकुदका सामान पनि प्रदान गरी उनीहरू संग क्लवका विर्धार्थि रोचक खालका खेलकुद क्रियाकलापसमेत गरिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.