भोली बुटवल उ.वा.संघको साधारण सभा ः अर्थमन्त्री पौडेलले सम्बोधन गर्ने

 

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको भोली सोमबार वार्षिक साधारण सभा हुँदैछ । सोमबार हुने संघको ७१ औं वार्षिक साधारण सभाको तयारी पुरा भएको र साधारण सभामा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुहुने संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।
संघको सभाहलमा हुने साधारण सभाको उद्घाटनमा उपप्रधान तथा अर्थमन्त्री पौडेल सहित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा पदाधिकारी, स्थानीय जनप्रतिनीधिहरु, छिमेकी उद्योग वाणिज्य संघका प्रतिनीधिहरुको समेत सहभागिता रहने छ ।
साधारण सभामा प्रस्तुत हुने अध्यक्षको प्रतिवेदन, महासचिवले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षले प्रस्तुत गर्ने चालु आर्थिक वर्षको प्रस्तावित वजेट सहित आर्थिक प्रतिवेदन संघको कार्यसमिति बैठकले पारित गरिसकेको छ । कार्यसमितिबाट पारित भएको उक्त बजेट सहितका प्रतिवेदनहरु साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।
यस अंगाडि संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले साधारण सभा सम्पन्न गर्नको लागि विभिन्न सात वटा विषयगत समिति समेत गठन गरेको थियो । ती समितिहरुले पनि आफ्नो जिम्मेवारी अनुसारको काम पुरा भएको जानकारी गराएका छन् ।
जसमा किटव्याग व्यवस्थापनको लागि कार्यसमिति सदस्य रामबहादुर भण्डारी, खाना तथा खाजा व्यवस्थापनको लागि कार्यसमिति सदस्य दीपकप्रसाद चापागाई, स्वागत–सत्कार व्यवस्थापनका लागि कार्यसमिति सदस्य कमला पन्त, मत सर्वेक्षण व्यवस्थापनको लागि कार्यसमिति सदस्य रेनु श्रेष्ठ, प्रस्ताव लेखनमा कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डे, मञ्च तथा हल व्यवस्थापनको लागि कार्यसमिति सदस्य उमेश अमात्य र निमन्त्रणा कार्ड व्यवस्थापनको लागि कार्यसमिति सदस्य काशीराम शर्मा पौडेललाई जिम्मेवारी प्रदान गरिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.