नियम संगत चलेका सहकारीमा कुनै समस्या छैन, इन्जिनियर भलामि

 

रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था चौथो बार्षिक साधारण सभा सम्पन्न
बुटवल भदौ ३१
सहकारीको ऐन नियम अनुसरण गरेका सहकारी हरुमा कुनै समस्या नभएको एक कार्यक्रमका बक्ता हरुले बताएका छन । सहकारीको मर्म लाइ आत्मसाथ गरी राम्रो गरि चलाएका सहकारी सहकारीलाइ समेत संकाको दृष्टि ले हेर्न थालेकाले सहकारीमा समस्या थपिदै जानथालेको पनि उनिहरुले बताएका हुन । तिलोत्तमा ४ ड्राभरटोलमा रहेको रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था चौथो बार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले जिल्लार प्रदेश बाहिरबाट गलत नियतले आएका सहकारीका कारण स्थानिय सहकारी बदनाम भैरहेकाले सदस्यहरुवाट पनि निगरानिको आवस्यकता रहेको उनिहरुको भनाइ छ । कार्यक्रममा गुल्मेलि सम्पर्कसमाजका संस्थापक अध्यक्ष इन्जिनियर हिराबहादुर भलामिले सहकारिलाइ राम्रो बनाउन सवै सरोकारवाला हरु सहकारीको नियममा चल्नु पर्ने बताउनु भयो ।

उहाले केहि सहकारीका ठगिका घट्नाले राम्रा सहकारी हरुलाइ समस्या पर्ने हुनाले समयमै सेयर सदस्यहरुलाइ पारदर्सि गरीकाले बुझाउनु पर्ने पनि बताउनु भयो । कार्यक्रममा रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाकार टिकाराम घिमिरेले सहकारीको सवै पक्षलाइ सेयर सदस्य हरुले मसिनो गरी नियमन गर्नु पर्ने बताउनु भयो । सहकारिमा सवै सदस्यहरु समान हुने भएकाले पनि सदस्यहरुले चासो दिनुपर्ने बताउनु भयो । रेसुङ्गा अलौकिक रेसु सेसमान हैसियत हुनकार्य राम्रो सहकारीले राम्रो गरी सहकारीको भावना अनुसार काम गरेकाले सदस्य हरुलाइ राम्र मुनाफा दिएको बताउनु भयो । संस्थाका अध्यक्ष कृष्णप्रसाद पोखरेलले सहकारीले आर्थिक पारदर्सि शुसासन र वित्तिय सुरक्षमा ध्यान दिएर संचालन गरीएको बताउनु भयो । उहाले संस्थाको र सेयर सदस्यहरुको प्रगतिलाइ ध्यानमाकाम गरीरहेको बताउनु भयो । अध्यक्ष पोखरेलले समृद्ध सदस्य बनाउन सवैको समान अपनत्व महसुस गराउने गरी सेवालाइ प्रभावकारी बनाइएको बताउनु भयो । कार्यक्रममा कार्यक्रममा सल्लाकार ऋषि बहादुर भण्डारी, झविन्द्र प्रसाद कडेल, टिकाराम न्यौपाने,केशवराज पन्थ,पारस मणि भण्डारी,नेदिराम ज्ञवालि,मधु न्यौपाने , गणेश कडेल, गिता भण्डारी लगायतले बोल्दै रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारीले संस्था र सेयर सदस्यहरुको हितमा काम गरेको बार्षिक प्रतिवेदन बाटै प्रष्ट भएको बताउनु भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद पोखरेलले संस्थाको प्रगति प्रतिवेदन कोषाध्यक्ष कृष्ण प्रसाद न्यौपाने आर्थिक प्रतिवेदन लेखा गोविन्द अर्याल प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरिलाइ नगद सहित सम्मान गरीएको थियो । तेस्तै जेष्ठ सेयर सदस्य ,असल ऋणि,संस्थामा सवै भन्दा बढी सेयर सदस्य बनाउने एकजना तथा संस्थको बार्षिक क्यालेण्डर प्रकासनमा सहयोग गर्ने हरुलाइ सम्मान गरीएको थियो । कार्यक्रममा गिर्वाण मावि कि छात्रा अमृता दर्लाम, ग्लोरी बोडिङ स्कुलका संकृति खनाल र संस्कार खनाल नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन सहकारी का सचिव गिता भण्डारी ले गर्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.