्असोज ३ रक्तदान सामाजिक पुण्य को उत्कृष्ट कार्य भएको एक कार्यक्रम का बक्ताहरूले बताएका छन । बढ्दो सहरी करण र बढ्दो दुर्घटनाले हरेक दिन रगतको आवश्यकता बढिरहेको अवस्था मा रक्त दान गर्न सवैतर्पर रहनुपर्ने उहाहरूको भनाइ रहेको थियो । सुनौलो बिहानी फुर्तिलो समुहले आयोजन गरेको खुल्ला रक्तदान कार्यक्रम बोल्ने बक्ता हरूले रगतको दानले स्वास्थ्यमा स्वस्फूर्ति बढेने भन्दै खेरा जाने रगतले कसैलाई जीवन बचाउन सकिने भएकाले रक्त दानमा सवैलाइ प्रेरित गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल स्वयमसेबी रक्तदाता समाजका केन्द्रीय महासचिब एवम रुपन्देही जिल्ला शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बेटवलमा रगत अभाव हुन नदिन आफहरु हर तरहले लागि परेको बताउनुभयो । समुहका अध्यक्ष अनन्तमान थैबले समाजका हरेक ब्यक्त्ति स्वस्थ्य रहनुपर्छ भन्न सोच राखेर काम गरीरहेको बताउदै रक्त्तदान अरु बिरामिकालागि जिबनदान सरह हुने बताउनुभयो । समुहकी उपाध्यक्ष/प्रमुख प्रशिक्षिका बिष्णुमाया श्रेष्ठ रगतको अभाव हुनलागेको खवर पाए पछि आकस्मिक रुपमा रक्त्तदानको आयोजना गरिएको बताउनु भयो । समुहकी उपाध्यक्ष/प्रमुख प्रशिक्षिका बिष्णुमाया श्रेष्ठको संयोजन मान्यता सचिब देबिराम पन्थिको सञ्चालन सम्पन्न भएको हो । बुटवल ब्लडबैकको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ७० युनिट रगत सङ्कलन भएको छ ।
कार्यक्रमा ३ जना दृष्टिबिहिनले समेत रक्त्तदान गर्नु भएको थियो । फुर्तिलो समुहले हरेक दिन बिहान बुटवलको लक्ष्मिनगर र दिपनगर सिद्धेश्वरी स्कुलको मैदानमा निःशुल्क रुपमा नियमित ध्यचपयगत गर्दै आइरहेको समुहका कोषध्यक्ष टिवि श्रेष्ठले बताउनु भयो ।
सुनौलो बिहानी फुर्तिलो समुहले स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको र भबिष्यमा अन्य कार्यक्रमहरु पनि गर्ने समुहका सदस्य इश्वरी गौतमले जानकारी दिनुभयो ।