ल्याण्डमार्क एजुकेशन बुटवलको एजुकेशन फेयर विद्यार्थीलाई २ लाख देखि १ करोडसम्म ऋण प्रदान गरिने

 

बुटवल । ल्याण्डमार्क एजुकेशन बुटवलले मल्टी डेस्टिनेशन एजुकेशन फेयर (शैक्षिक मेला) आयोजना गरेको छ । विदेशमा पढ्न जान इच्छुक विद्यार्थीहरूलाई लक्षित गरी ल्याण्डमार्कको बुटवल मिलनचोकस्थित आफ्नै कार्यालयमा मेला आयोजना गरिएको हो । एजुकेशन फेयरमा विद्यार्थीहरूलाई आफू जान चाहेको देश र त्यहाँ रहेका उत्कृष्ट यूनिर्भसिटी र लागतबारे जानकारी गराउँदै विद्यार्थीहरुमा रहेका जिज्ञासा समाधान गरीएको ल्याण्डमार्क एजुकेशनका अपरेशन इन्चार्ज इराज कार्कीले जानकारी दिए ।

सहभागी भएका बिद्यार्थीहरुले चर्चित यूनिर्भसिटीसँग सम्बन्ध जोड्ने अवसर पाएको उनले बताए । विद्यार्थीले आफु जान चाहेको यूनिर्भसिटीका प्रोफेसरहरुसँग अनलाइनबाट सिधैं कुरा गरी कन्र्फम गर्न सक्ने अपरेशन इन्चार्ज कार्कीले बताए । एजुकेशन फेयरमा करिब दुई सय विद्यार्थीहरु सहभागी भएको ल्याण्डमार्क एजुकेशन बुटवल शाखाका म्यानेजर सागर बस्यालले जानकारी दिए । ल्याण्डमार्कले युएस, अष्टे«लिया, क्यानडा र युकेमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई पठाउँदै आएको छ ।

म्यानेजर बस्यालले विदेशमा शैक्षिक गन्तव्य बनाउन चाहने विद्यार्थीको रोजाइमा ल्याण्डमार्क रहेको बताए । अष्टे«लियाका लागि दशैं अघि प्रोसेस गर्ने विद्यार्थीलाई सेवा शुल्क निःशुल्क गरीएको उनले बताए । काठमाडौंमा मुख्य कार्यालय रहेको ल्याण्डमार्कका बुटवल, चितवन, विराटनगर र अष्ट्रेलियाको सिड्नीमा शाखा कार्यालय रहेका छन् । एजुकेशनले अध्ययनको लागि विदेश जाने विद्यार्थीलाई एकेडेमीक लोन प्रदान गर्दै आएको छ । ल्याण्डमार्क एजुकेशनका एकेडेमिक काउन्सिलर प्रविण पन्थले एकेडेमीको आधारमा विद्यार्थीलाई २ लाख देखि १ करोडसम्म ऋण प्रदान गरिने बताए ।

जसले गर्दा विद्यार्थीलाई आर्थिक भार कम पर्ने पन्थको भनाइ छ । देशकै पुरानो ल्याण्डमार्क एजुकेशनले १० हजार भन्दा बढी बिद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा पठाइसकेको जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.