आयोजक झरना स्पोर्ट्स क्लब बिजयी

 

बुटवल, ८ असोज ।
रुपन्देहीमा जारी ३६ औ झरना रनिङशिल्ड फुटबल प्रतियोगितामा आयोजक झरना स्पोर्ट्स क्लब बिजयी भएको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा मंगलबार भएको खेलमा देवदह ब्यायज एफसीलाई ५ – १ गोल अन्तरले पराजित गर्दै झरनाले अन्तिम आठमा स्थान बनाएको हो । एक जना विदेशी खेलाडीसहित मैदानमा उत्रेको झरनालाई शुरुवाती झट्का लाग्यो । खेलको तेस्रो मिनेटमा देवदह ब्यायजका सुरज थापाले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि भने झरना खेलमा सम्हालिएर खेल्यो । खेलको ३३ औ मिनेटमा झरनाका जय गुरुङले बराबरी गोल गरे । देवदहका गोलकिपरबाट आएको रिबाउन्स बललाई गुरुङले जाली चुमाए । झरनाका रोहित सुनारले अर्को गोल गरे । रोशन थापाको क्रशमा रोहित सुनारले खेलको ३७ औ मिनेटमा गोल गरे ।
दोस्रो हाफको ६८ औ मिनेटमा झरनाका दिपेश आलेको क्रशमा एरोन थापाले गोल गरे । योसंगै खेलमा केहिबेर देवदहका खेलाडीहरु मैदान छोडेर बिबादमा उत्रे । रेफ्रीको निर्णयप्रति असन्तुष्ट देखाएका उनिहरु करिब १० मिनेटपछि मैदानमा आए । खेलको ८० औ मिनेटमा झरनाका दिपेश आलेले अर्को गोल थपे । एरोन थापाले ब्यक्तिगत दोस्रो गोल गरे ।
खेलमा आयोजक झरनाका जय गुरुङ म्यान अफ द म्याचबाट पुरस्कृत भए । बुधबार पहिलो चरणको अन्तिम खेलमा फुलबारी गाईज बुटवल र भैरव एफसीका बिचमा खेल हुने संयोजक बिजय पुनले बताए ।
यसैबिच झरना स्पोर्ट्स क्लबबाट ब्लड क्यान्सरको उपचारमा रहेका युवा खेलाडीलाई सहयोगार्थ ‘अंकत बचाउ अभियान’ चलाईरहदा उपचारकै क्रममा उनको निधन भएको छ । यसैबिच खेलमैदानमा उनको सम्झनामा एक मिनेट मौन धारण गरिएको क्लबका अध्यक्ष धनेन्द्र पौडेलले बताए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.