सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न राजनीतिक नेतृत्वमा इमानदारिता आवश्यक पर्छ मुख्यमन्त्री आचार्य

 

बुटवल, असोज ८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नेतृत्व तहबाटै सुरु गरिएको बताउनु भएको छ । प्रदेश सरकारले बुटवलमा आयोजना गरेको सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार नियन्त्रण सम्बन्धी पाँचवर्षे रणनीतिक कार्ययोजनाको मस्यौदामाथिको छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले सुशासन कायम गर्न र भ्रष्ट्राचार नियन्त्रण गर्न राजनीतिक नेतृत्वमा इमानदारिता आवश्यक पर्ने बताएका हो ।


‘राजनीतिक नेतृत्व सच्चिन र सुध्रिन जरुरी रहेको बताउदै नियत बेठिक छैन भने व्यूरोक्रायटले पनि साथ दिने बताउनु भयो । मैले साथ पाइरहेको छु । जुन कार्ययोजना अघि बढाएको छु, त्यसमा मैले पूणर् साथ सहयोग पाएको उहाको भनाइ रहेको छ । काम गर्दा सवैको सहयोगले उत्साह बढिरहेको बताउदै उहाले राजनीतिक नेतृत्वमा समस्याहरु छन । सबै कुरा सच्च्याएर सुधारेर लैजान सकिने बताउनु भयो । त्यो आँट आफु संग भएकाले प्रदेश सरकार अघि बढीरहेको छ ।’ आफु नेतृत्वको वर्तमान सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न केही गरेर देखाउन खोजेको पनि उहाले बताउनु भयो ।
मुख्यमन्त्री आचार्यले आफुहरुले केही गरेर देखाउन सक्ने भन्दै देश बनाउने जिम्मेवारी बोकेर आएपछि पूरा गर्नुपर्छ त्यसका लागि तयार हुन आग्रह गर्नुभयो ।’ उहाले यो मुलुक बनाउन बाहिरबाट कोही नआउने,जो हामी जिम्मेवारीमा छौं, उसैले नेतृत्व गरेर राम्रो काम गर्नतर्फ भूमिका बढाउनुपने उहमको भाइ र्छ ।’ नागरिक तहमा बढ्दै गएको निरासालाई आशामा बदल्नेगरी प्रदेश सरकारले सुधारका कामहरु अघि बढाएको दावि गर्दै मुख्यमन्त्री आचार्यले ‘सुशासन कायम गर्न आफैँबाट सुरुवात गरेको बताउनु भयो । मुख्यमन्त्रीबाट हटेपछि पाउने सुविधा लिने छैन र अरुलाई पनि नदिनेगरी निणर्य गरेको पनि उहाले बताउनु भयो । पूर्वमुख्यमन्त्री र पूर्वसभामुखले गाडी तथा सेवा सुविधा फिर्ता गरिसकेको अवस्था छ । मुख्यमन्त्री पदबाट हटेपछि पूर्वविशिष्ट व्यक्तिको नाममा कुनै सुविधा लिने छैन भनेर निणर्य गरेको छु,’ । आफूले खराब नियत नराख्ने हो भने सुधारेर जान सकिने उहाको धारण छ ।’
प्रमुख सचिव महादेव पन्थले रणनीतिक कार्ययोजना कार्यान्वयन गर्न सुझाव र छलफल आवश्यक रहेकोमा जोड दिँदै यसले सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार नियन्त्रणमा महत्वपूणर् भूमिका खेल्ने बताउनु भयो । अनुत्पादक संरचना र अदक्ष कर्मचारी हटाएर गुणस्तरीय र सहज सेवा प्रदान गर्नुपर्ने धारणा राख्नुभयो । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले भ्रष्टाचार नियन्त्रणका लागि आफूबाटै सुरु गर्नुपर्ने बताउनुभयो । जनप्रतिनिधिले आफ्नो काम जिम्वेवारीपूर्वक गरी जनतालाई सहज रुपमा सेवा प्रदान गर्नुपर्नेमा उनले जोड दिनुभयो । कार्यक्रममा प्रदेश सरकारले तयार पारेको मस्यौदाको ड्राफ्ट प्रदेश सचिव कृष्ण पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, नवलपरासी पश्चिम, कपिलवस्तुका जिल्ला समन्वय समितिका प्रमुख, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायीलगायत सरोकारवाला पक्षको सहभागिता थियो । लुम्बिनी प्रदेश सरकारले सुशासन प्रवद्र्धन तथा भ्रष्टाचार नियन्त्रण सम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा माथि छलफल सुरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले पहिलो निणर्यको रुपमा सुशासन तथा भ्रष्ट्राचार नियन्त्रण सम्बन्धी पाँचवर्षे रणनीतिक कार्ययोजनाको प्रस्तावलाई स्वीकृत गर्नुभएको थियो । अहिले सोही कार्ययोजनाको मस्यौदामाथि सरोकारवाला पक्षसँग सुझाव संकलन गर्न थालिएको हो । एकमहिना भित्र लागु गर्ने गरी छलफलमा जुटेको प्रदेश सरकारको भनाइ छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.