जारी सबै परीक्षाहरू स्थगित गर्ने निणर्य

 

काठमाडौँ ।
सरकारले अविरल वर्षाका कारण देशका बिभिन्न स्थानमा बाढी, डुबान र पहिरोका विद्यार्थीको आवत-जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निणर्य गरेको छ ।
प्रधानमन्त्री कार्यालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले हाल जारी परीक्षा स्थगित गर्ने निणर्य लिएको हो ।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परीक्षा स्थगित गर्ने निणर्य भएको जानकारी दिनुभयो ।
विद्यालय भवन डुबानमा पर्नुका साथै,देशका धैरै स्थानमा सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निणर्य लिएको हो । कुन-कुन परीक्षा संचालनमा थिए र स्थगित गरिएको भन्ने सूचना शिक्षा मन्त्रालयले जारी गर्ने बताइएको छ ।
विपदमा परेका हरुको उद्धार जुट्न सवैतह निकायलाइ सरकारले आग्रह गरेको छ । त्यस्तै बैठकले हाल अवरुद्ध रहेका सडक तत्काल खुलाउन भौतिक योजना मन्त्रालयले तत्काल पहल गर्ने निणर्य गरेको छ । साथै राहत र उद्धारको लागि सम्बन्धि सबै मन्त्रालय र बिभाग सक्रिय रुपमा लाग्ने निणर्य गरेको बताउदै प्रवक्ता गुरुङले सरकारले विपदमा ज्यान गुमाउनेहरुका परिवारलाई दिइने कानुन अनुसारको राहत तत्काल उपलब्ध गराउने निणर्य गरेको जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.