१२ असोज, काठमाडौं। ललितपुरको सातदोबाटोबाट गोदाबरी जाने सडकमा भ्वाङ परेको छ । उक्त सडकको हात्तीबनमा पार्किङ गरिराखेको बस भ्वाङमा भित्र खसेको छ । सनिवार दिउँसो उक्त बसलाई बाहिर निकालिएको छ । छेउमा रहेको ढल भत्किएका कारण सडकमा भ्वाङ परेको छ । आवतजावतमा समेत समस्या परेको छ ।