काठमाडौँ असोज १३
– बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । तेस्तै बाढीपहिरो र डुबानमा परेर ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय बढी घाइते भएका छन् ।
बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो । यसै गरी पहिरोमा पुरिएर बेपत्ता भएका हरुको विबरण आउन बावि रहेको जनाएको छ ।