रुपन्देहि असोज १३
स्थानिय समुदायको सहभागितामा चलाइएका सहकारी, सहकारीको नितिनियममा चलेका सहकारीमा कुनै समस्या नभएको सरोकारवाला हरुले बताएका छन । बाहिरबाट आएका घरपरिवारनै बिभिन्न पदमा बसेर बदनियत पुणर् तरिकाले चालाइएका सहकारी समस्यामा परेको बताउदै सवै सहकारी हरुलाइ एउटै डालोमा राखेर हेर्न नहुने उनिहरुको भनाइ रहेको छ । पुण्यभुमि बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा तथा छैठौं अधिवेशमा बोल्ने बक्त्ताहरुले सहकारीको सहकारीको भावना विपरित चलेका सहकारीहरुले सहकारीको बदनाम गराएको बताए । कार्यक्रममा बोल्दै बुटवल ८का वडाध्यक्ष यज्ञ प्रसाद पंगेनीले समुदायमा आधारीत सहकारी हरुमा कुनै समस्या नभएको बताउदै सहकारीको सदस्य बन्दाखेरिनै सचेत हुनुपर्ने बताउनु भयो ।
सहकारी फसेको हरु धेरैजसो बढि व्याज पाउने लोभमा सहकारीको पृष्ठभुमि नबुझि सदस्य बन्नेहरु रहेको पनि उहाले बताउनु भयो । कार्यक्रममा बोल्दै विशिष्ट अथिति बुटवल उपमहानगर पालिकाका सहकारी शाखाका शाखा प्रमुख गुनाखर खनालले बुटवलमा स्थापनामा स्थापना भएका सहकारीमा समस्या नभै वाहिर बाट आएर बुटवलमा शाखा खोलेका सहकारीमा समस्या देखिएको बताउनु भयो । कार्यक्रममा जन प्रतिनिधि सिता खनाल सहकारीका सल्लाकार नवराज श्रेष्ठ,सहकारीका उपाध्यक्ष माधव प्रसाद पौडेल, कल्याणकारी सहकारीका अध्यक्ष लक्ष्मण आचार्य,पुष्प बहुउद्धेश्यिय सहकारी संस्थाका कोषाध्यक्ष चुडामणि पौडेल ,सहज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश अर्याल, जेष्ठ सदस्य सिव प्रसाद नेपाल,रत्नहरी पौडेल,लगायतले बोल्दै सहकारीको भावना अनुशार चलेका सहकारी हरुमा समस्या नभए पनि सदस्यहरुको निगरानि आबस्यक रहेको बताउनु भयो ।
कार्यक्रममा सहकारीका अध्यक्ष ऋषिराम अर्यालले संस्थाको बार्षिक प्रगति प्रतिबेदन,कोषध्यक्ष लक्ष्मण अर्यालले कोषध्यक्षकोआर्थिक प्रतिवेदन तथा लेखा समितिका संयोजक मुरारी राज भण्डारीले लेखा सुपरिवेक्षण प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका जेष्ठ सदस्य सिव प्रसाद नेपाल,असल कारोबारी अमर प्रसाद ज्ञवालीर कोपिला पौडेल सक्रिय सदस्य गायत्री प्रसाद नेपाल,राधा कुंवर एस.इ इमा उत्कृष्ट अकं ल्याउने सेयर सदस्यका छोराछोरी मध्येका दुइजना विजय कुमार पन्थी र इभेन जेलिना लाइ नगद सहित दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।
यसै गरीसहकारीले आप्ना तिनजना जेष्ठ सदस्य हरुलाइ पेन्सन समेत प्रदान गरेको छ । सहकारीले आप्नो नियम अनुसार उमेर पुगेका जेष्ठ सदस्य लाइ पेन्सन दिन सुरु गरेको हो । कार्यक्रम अध्यक्ष ऋषिराम अर्यालको अध्यक्षता सचिव कृष्ण पौडेको संचालन,उपाध्यक्ष माधव पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।