बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या १९२ पुग्यो, ३० भन्दा बढी अझै बेपत्ता १९४ जना घाइते, पाँच हजार प्रभावितको उद्धार

 

असोज १४, २०८१ ,अविरल वर्षासँगको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या एक सय ९२ को पुगेको छ । ३० जना अझै बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको मन्त्रालयका ले जनाएको छ । गृहमन्त्रालय अनुसार बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित गरिएको छ । हालसम्म करिब पाँच हजार भन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको छ ।
बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि गृहमन्त्रालयले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.