राजधानी क्षेत्रमा पूर्वाधार निर्माणको एकिकृत मापदण्ड लागु गरिनुपर्छः मुख्यमन्त्री आचार्य

 

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नदि सभ्यतामा आधारित व्यवस्थित, आधुनिक र हरित शहर निर्माण गर्न एकीकृत मापदण्ड लागू गरिने बताउनु भएको छ ।
राप्ति उपत्यका देउखुरीको वस्ति विकास तथा शहरी योजना र भवन निर्माण सम्बन्धि एकिकृत मापदण्ड २०८१ छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले भविष्यलाई आधार मानेर नमुना राजधानी शहर निर्माण गर्न एकीकृत मापदण्ड लागू गर्न सबैको साथ, सहयोग चाहिने बताउनु भएको हो । उहाले राजधानी शहरलाइ सबै हिसाबले सुरक्षित शहर बनाउने योजना भएको बताउदै शहर निर्माण गर्न चाहने स्रोत साधन र बजेटको खोजिमा सरकार लागि परेको बताउनु भयो ।
अहिलेसम्म देखिएका शहर अव्यवस्थित हुदा विपदका घटना बढ्ने र क्षति बढि हुने अवस्था भएकाले अब बन्ने शहरहरु भुकम्प, बाढि, पहिरो लगायतका विपदबाट सुरक्षित हुनेगरी मापदण्ड निर्माण गरिने स्पष्ट पार्नु भयो । शहर निर्माण संग जोडिएका मापदण्डको पूणर् कार्यान्वयन गरेर अघि बढ्नुपर्ने भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताउनु भयो ।‘मापदण्ड पालना अनिबार्य सर्तहुने बताउदै मन्त्री ढकालले अवको शहर अस्तव्यस्त हुन नहुने बताउनु भयो । अस्तव्यस्त शहर हुदा कस्तो अवस्था आउँछ भन्ने उदाहरण बताइरहनु नपर्ने भन्दै उहाले शहर निर्माण संग जोडिएका योजनालाइ एकीकृत मापदण्ड बनाएर लागू गर्नुपर्नेमा जोड दिनुभयो ।’
शहर भित्रको सडक, खुला क्षेत्र, हरियाली प्रबर्द्धन लगायत अन्य हिसाबले स्मार्ट बनाउनेगरि मापदण्डलाई एकसकृत बनाउन थालिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताउनु भयो ।‘बनेका पूर्वाधारलाई सुरक्षित बनाउने अनि नयाँ बन्नेलाइ मापदण्ड अनुसार अघि बढाउने योजना र नयाँ घरको मापदण्ड, दण्डिको मापदण्ड पनि तोक्नेगरी अघि बढ्ने उहाको भनाइ छ ।’ मापदण्ड बनाउने, डिजाइन पालना गर्ने र निर्माणमा संलग्नहरुको क्षमता अभिवृद्धि गर्नेगरि कार्यक्रम अघि बढाउन थालिएको छ । हाल प्रदेश प्रशासनिक परिसर क्षेत्र भित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सहित १० वटा मन्त्रालयको भवन निर्माणको काम यसै बर्ष सम्पन्न हुने अवस्थामा पुगेको छ भने राजधानी शहर निर्माण गर्न जग्गा विकास कार्यक्रम पनि अघि बढेको छ । प्रदेश सरकारले पाँच बर्षको लागि चाहिने २५ अर्ब बजेटको स्रोतकोे खोजि गर्न विभिन्न दातृ निकायहरु संग छलफल गरिरहेको छ । २० बर्ष भित्र एक खर्ब बजेटको लागतमा राजधानी शहर निर्माण गर्न सकिने प्रस्तावना तयार पारिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.