असोज १५
बागलुङ्ग जिल्ला अदालतले सहकारीका बचत कर्ताको रकम हिनामिनामा आरोपित इमेज सहकारी संस्थाका अध्यक्ष देब कुमार नेपालीलाई थुनामा पठाउने आदेश गरेको छ । उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
बागलुङ्ग जिल्ला अदालतले अध्यक्ष नेपालीलाई पुर्पक्षको लागी कारागार पठाउने आदेश गरेको हो । यस्तैअर्का प्रतिवादी ओम बहादुर नेपाली भन्ने ओम प्रसाद दर्जीभने एक लाख पचास हजार रुपैया धरौटीमा रिहाको आदेश गरेको छ।
सहकारी बचतकर्ताको रकम अपचलन गरी २०८० जेठदेखि फरार रहेका नेपाली बागलुङको ढोरपाटन नगरपालिकाका मेयर हुन । गत सातामात्र उनि भारतको नयाँ दिल्लीबाट पक्राउ परेका थिए ।