लगानि गर्नुस लगानीमैत्री वातावरण जिम्मा सरकारले लिन्छः मुख्यमन्त्री आचार्य

 

बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताउनु भएको छ । रुपन्देही उद्योग संघको ४६ औं बार्षिक साधारणसभा उद्घान कार्यक्रमलाई बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकार प्रतिबद्ध भएर लाग्ने बताउनु भएको हो । प्रदेश सरकारले अगाडी बढाएका औद्योगिक क्षेत्रको विकासको लागि योजनाबद्ध काम हुने समेत स्पष्ट पार्नु भएको छ । लुम्बिनी प्रदेश सरकारले तराईका केही जिल्लाहरुमा औद्योगिक क्षेत्र बनाउनेगरी निणर्य गरेको थियो । सो निणर्यहरुको कार्यान्वयन गर्नेगरी काम अघि बढ्ने समेत जानकारी गराउनु भयो । उद्योगी, व्यवसायीको उत्साह संग प्रदेशको समग्र विकासको सम्वन्ध जोडिएको भन्दै मुख्यमन्त्री आचार्यले सरकारले उद्योगीमैत्री नीति अलवम्बन गरेको बताउनु भयो । ‘प्रदेश सरकारले उद्योगी, व्यवसायीहरुलाइ उत्साहित बनाएर सरकार अघि बढ्ने पनि मुख्यमन्त्री आचार्यले बताउनु भयोे ।‘


व्यवसायीहरुलाई पर्ने कानुनी जटिलताको काँठो फुकाउन सरकार तयार रहेको समेत उहाले बताउनु भयो । ‘प्रदेश सरकारले बनाएका कानुनबाट यहाँहरुलाई काम गर्न गर्ने सन्दर्भमा कुनै समस्या परेको भए त्यसलाई सहजीकरण गरेर, त्यो कानुनलाई संशोधन गरेर उद्योगीमैत्री बनाउनको निमित्त प्रदेश सरकार तयार ’मुख्यमन्त्री आचार्यले समयमा बुदागत रुपमा सुझाव राख्न पनि उद्योगी, व्यसायीहरु सरकारले सम्वोधन गर्ने प्रतिबद्धता मुख्यमन्त्री आचार्यले व्यक्त गर्नु भयो । संघीय सांसद वासुदेव घिमिरेले निजी क्षेत्रलाई आवश्यक नीति नियम र लगानीको वातावरण सरकारले बनाउनुपर्ने र स्थानीय उत्पादनलाई बढाउने गरी उपभोक्ताको हितलाई ध्यान दिएर उद्योगी व्यवसायी लाग्नुपर्ने बताउनुभयो । सासद घिमिरेले उधोगिका समस्या समाधान गरेर लगानि मैत्रि बतावरण बनाउन तिनैतहका सरकारको ध्यान जानु पर्ने बताउनु भयो ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले तीनै तहका सरकारको समन्वयमा मोतीपुर औद्योगिक क्षेत्रलाई सानो आकारमा भए पनि तत्काल चलाउनेगरी समन्वय गरेको जनाउदै अव कसैलाइ दोष दिएर उम्कनि अवस्था नरहेको बताउनु भयो ।

संघका अध्यक्ष दिलीप सापकोटाले सरकारले औद्योगिक क्षेत्रको सुधार र उद्योग नीतिका लागि ध्यान दिनुपर्ने बताउँदै आफूले संस्थागत रुपमा उठाएका विषयमा गम्भीर ध्यान दिन तीनै तहका सरकारको ध्यानाकर्षण गरानु भयो । उहाले संघले उठाएका समस्या समाधानमा प्रदेश सरकारका मुख्यमन्त्रीले समन्वयको भुमिका खेल्नेमा आषवादि रहेको बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष एजाज आलम, राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरे, एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधि खरेललगायतले तीनै तहका सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएर अघि बढ्न सुझाउनु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.