बुटवल असोज २३
सामुदायिक वनको संरक्षण र विकासमा समुदायको योगदान महत्वपूर्ण रहेको भन्दै सरोकारवालाहरुले वन व्यवस्थापनमा एैन कानुन नै बाधक बनेको बताएका छन्
बुटवल सामुदायिक बन उपभोक्ता समुह बुटवलको १८औ बार्षिक साधारण सभामा वक्ताहरुले समुदायले ढलापडा रुखहरु समेत ब्यबस्थापन गर्न नपाउदा धेरै काठ दाउरा कुहिएर खेर गैरहेको बताए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले वनका एैन नियमहरु ब्यवहारिक नभएको बताउनु भयो । उहाँले बुटवलको मुटु चुरे पहाडको संरक्षणमा नगरपालिकाको ध्यान गएको बताउदै सामुदायिक वनको विकास र समुदायको पनि हित हुने गरी अगाडि बढ्न आग्रह गर्नुभयो ।
बुटवल उपमहानगरपालिका १ का अध्यक्ष नरेन्द्र बस्नेतले सामुदायिक वनको विकासमा बुटवलका समुदायको योगदान महत्वपुर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा सव डिभिजन सैनामैनाका कार्यलय प्रमुख राजन खड्काले वनको संरक्षणमा सवैको सहयोग आवस्यक रहेको बताउनुभयो ।
बुटवल सामुदायिक बनका अध्यक्ष बावुराम पौडेलले सामुदायिक वन संरक्षणमा सवैको सहयोगको आवस्यक रहेको बताउँदै बुटवल सहर स्वच्छ हराभरा र रमणिय बनाउनमा सामुदायिक वनको भुमिका रहेको बताउनुभयो ।
सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रीय सदस्य दिनानाथ शर्मा,मणिमुकुन्द पार्क उद्यान संरक्षण समितिका अध्यक्ष माधव नेपाल, सामुदायिक बन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष श्यामकला आचार्य, नेकपा एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवाली, नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर कमिटी महेन्द्र भुसाल, बुटवल सामुदायिक बन उपभोक्ता समुहका पुर्वअध्यक्ष महेन्द्रकुमार राजभण्डारी, बावुराम पोखरेल, सावित्रा पन्थी लगायत बोल्दै सामुदायिक बनको संरक्षण संबर्धनले सवैलाइ फइदा पुन्ने बताउनुभयो ।
साधारण सभाले विधान संसोधनसँगै १० बर्षे कार्ययोजना पनि पास गरेको छ । यसैगरी नगरपालिकासग समन्वय गरेर बुटवलदेखि नुवाकोट पुग्ने पैदलमार्ग सहितको अग्निरेखा निर्माण गर्ने निणर्य गरेको छ ।
त्यसैगरी १८ औ साधारण सभाले अध्यक्षको, कोषध्यक्षको र लेखा परिक्षण प्रतिवेदन सुझाव सहित सर्वसहमतिले पारित गरेको छ ।
कार्यक्रम बुटवल सामुदायिक वनका उपाध्यक्ष जिवलाल पौडेलको स्वागत तथा सचिव रन्जु भट्टराइको संचालनमा सम्पन्न भएको थियो । साधरण सभामा पुर्व अध्यक्षहरु रविन्द्रगोपाल लाकौल, महेन्द्र कुमार राजभण्डारी, बावुराम पोखरेल लगायतलाइ सम्मान गरिएको थियो ।