विजया दशमी तथा शुभ दिपावलिको पावन असरमा बुटवल आठ दसरथ टोलविकास संस्थाले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका दशरथ टोलविकास संस्थाका अध्यक्ष गेहेन्द्रराज न्यौपाने अध्यक्षता बुटवल उपमहानगर पालिका ८ का वडाध्यक्ष यज्ञ प्रसाद पंगेनि को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरु महान चाडपर्व हरुलाइ मितब्ययी बनाउन आग्रह गरेका छन । उनिहरुले देमा बाढी पहिरोले बिपत्ति नित्याएको बेला सवैले चाडपर्वलाइ भड्किलो रुपमा नमनाउन ,सरल सहज तरिकाले मनाउन आग्रह गरेका हुन । कार्यक्रममा शुभकामना ब्यक्त गर्दै प्रमुख अथिति बुटवल उपमहानगर पालिका ८ का वडाध्यक्ष यज्ञ प्रसाद पंगेनिले बाढी पहिरोले जताततै विपत्ति आएको धेरैले ज्यान गुमाउनु परेको वेला विजया दशमी पर्वलाइ पर्वकै रुपमा मनाउन र छरछिमेकलाइ असर पर्ने गरी भड्किलो नवनाउन आग्रह गर्नु भयो । कार्यक्रममा लिट्स कलेजका प्रवन्ध निर्देशक समाजसेवि बसन्तराज खनालले महान पर्वको आप्नो मौलिक पनलाइ ख्याल गरेर मनाउदा सवैको भलो हुने बताउनु भयो । दशरथ टोलविकास संस्थाका अध्यक्ष गेहेन्द्रराज न्यौपानेले यस टोलमा सवैका घरघरमा चाडपर्वको मौलिकपन झल्कीने गरी मनाउदा राम्रो सन्देश जाने बताउनु भयो । उहाले टोलछिमेक र समाजमा बसेका सवैको भावना बुझेस सहयोगि भावना राख्नुपर्ने बताउनु भयो । कार्यक्रमा शुभकामना ब्यक्त गर्दै दशरथ टोलविकास संस्थाका पुर्व अध्यक्ष कृष्ण बहादुर थापा क्षेत्रिले पछिल्लो पटक समाजमा चाडपर्वको मौलिकपन हराउदै गएको प्रति चिन्त ब्यक्त गदै हाम्रा चाडपर्वको मौलिकपनलाइ बचाइ राख्नुपर्ने बताउनु भयो । टोलविकास कार्यक्रमा वडा सदस्य तुलबहादुर सारु, सल्लाकार हरीहर भण्डारी,थर्क बहादु बारघरे,लखन ब्रर्दस युथक्लवका अध्यक्ष सुदिप खत्रि लगाएतले शुभकामना ब्यक्त गदै सामाजिक सद्भावको सन्देश दिनेगरी चाडपर्व मनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रम संस्थाकि उपाध्यक्ष कल्पना अर्यालको स्वागत,सचिव ज्योति थापाको संचालनमा सम्पन्न भएको थियो ।