हाम्रा महान चाडपर्व हरुमा सरसफाइ ख्यालगर्नुपर्ने बताएका छन । बुटवल सरसफाइ तथा बातावरण संरक्षण सहकारी संस्था बुटवलले आयोजना गरेको सुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ता हरुले चाडपर्वहरुमा घरघरमा धेरै फोहर जम्मा हुनेभएकाले ब्यवस्थित राख्न तथा घरवरीपरिको फोहरलाइ समेत संकलन गरी बातावरणलाइ सफा सुग्घर राख्न आग्रह गरेका हुन ।
कार्यक्रममा सुभकामना मन्तब्य राख्दै संस्थाका अध्यक्ष कृष्ण बहादुर कार्कि, बुटवल ७का वडासदस्य सन्दिप खनाल,सल्लाकार युवराज गिरी,तारा गणदल रामनगरका प्रमुख सुर्वण खड्का ,सचिव गेहेन्द्र न्यौपाने लगायतले विजया दशमी तथा शुभदिपावली जस्ता चाडपर्व हरुलाइ परम्पराकै मौलिकपनमा मनाउन साथै खानपिनमा ख्यालगर्न आग्रह गरेका छन । कार्यक्रम ,सचिव गेहेन्द्र न्यौपानेको संचालन उपाध्यक्ष ठानेश्वर बस्यालको स्वागतमा सम्पन्न भएको थियो । सहकारीले बुटवल ७र८को फहोर संकलन गरेर प्रसोधन गरी मल अन्य बस्तुको कच्चापर्दाथ उत्पादन समेत गर्दै आइरहेको छ ।