जीतगढी सराय व्यवस्थापन समितिले पूणर्िमाका दिन बुटवलमा सराय नाच देखाउन जितगढीमा हुने सरायनाच एैतिहासिक हुने
जीतगढी सराय व्यवस्थापन समिति बुटवल-१३ ले दशैंको पूणर्िमाका दिन सराय नाच प्रदर्शन गर्ने भएको छ ।
विगतका वर्षहरूमा जस्तै असोज ३० गते पूणर्िमामा सराय नाच देखाउन लागिएको समितिले जनाइको छ । समितिका अध्यक्ष खिमबहादुर थापाले ऐतिहासिक लोपोन्मुख सराय नाच संरक्षणका लागि सराय नाच प्रदर्शन गर्न लागिएको बताउनुभयो ।
वि.सं. २०७० सालदेखि देखि गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठानबाट बसाईं सरेर बुटवल आएकाहरूको पहलमा सराय नाच राखिएको अध्यक्ष थापाले बताए ।सराय नाच संरक्षण गर्न बुटवल उपमहानगरपालिका र प्रदेश सरकारबाट सहयोग भएको छ ।सराय नाचमा नेपाली सेनाको एक टुकडीले विशेष प्रदर्शन समेत गर्ने छ ।
लुम्बिनी प्रदेश उद्योग तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले नाचको उद्घाटन गर्ने कार्यक्रम छ ।
समितिका सचिव पिताम्बर भण्डारीले दिउँसो १ बजेदेखि शुरू भएर ५ बजे सराय नाच देखाइने बताउनुभयो ।
तरबार नचाएर युद्धकसौलता प्रर्दशन गरी एक आपसमा खुशी साटासाट गर्ने सराय नाच गुल्मी, अर्घाखाँची, पाल्पालगायतका जिल्लामा लोकप्रिय छ ।