जितगढीमा ऐतिहासिक सरायँ नाच, सेनाको टुकटीद्वारा युद्धकला प्रदर्शन
असोज ३० रुपन्देही ।
बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा पहाडी क्षेत्रमा दशैंपछि नाचिने परम्परागत सरायँ नाच प्रदर्शन गरिएको छ । परम्परागत हातहतियार र युद्धकलाको झल्को दिने सरायँ नाच दशैंको अन्तिम दिन पुणर्िमाको दिनसम्म खेलिन्छ । सराय व्यवस्थापन समिति बुटवल-१३ ले व्यवस्थित रुपमा सराय नाच प्रदशन गरेको हो ।
लुम्बिनी प्रदेश उद्योग तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा लुम्विनि प्रदेश सभाका माननिय भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरका नगर प्रमुखखेलराज पाण्डे,प्रर्यटन मन्त्रालयका निमित्त सचिव रमेश गौतम,प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,नेपाली सेनाका मध्यपश्चिम पृतना पति, बाहिनि पति ,गणपति, लगायत उच्च पदस्थ ब्यक्ती हरुको उपस्थिति रहेको सरायनाचमा नेपाली सेनाको टुकडीले युद्धकौसला सहितको सरायँ प्रदर्शन गरेको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग प्रर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले सास्कृतिक र पौराणिक महत्व बोकेको सराय नाच एैतिहासिक महत्वको ठाँउ जितगढिमा हुनु आफैमा धेरै राम्रो भएको बताउनु भयो । मन्त्री न्यौपानेले यस प्रकारका मौलिक सस्कृतिको संरक्षणमा प्रदेश सरकारले ध्यान दिएको बताउनु भयो । कार्यक्रममा प्रमुखजिल्ला अधिकारी गणेश अर्यालले यो सराय नाचले तराइमा पहाडबाट बसाइ सराइका साथसाथै सस्कृति सरेकोबताउदै यो राम्रो पक्ष भएको बताउनु भयो । बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले हरेक सस्कृतिको जर्गेना गर्न उपमहानगर ले सहयोग गरेको बताउनु भयो ।
कार्यक्रममा समितिका अध्यक्ष खिमबहादुर थापाले ऐतिहासिक लोपन्मुख सराय नाँच संरक्षणका लागि सरायँ नाच लाई नियमित गरिएको बताउनुभयो । वि.सं २०७० सालदेखि गुल्मी, पाल्पा, अर्घाखांची, प्यूठानबाट बसाइसराइ गरि बुटवल आएका मानिसहरुको पहलमा सराय नाँच संरक्षण गर्ने उद्देश्यले वर्षेनी यो कार्यक्रम राखिएको अध्यक्ष थापाले बताउनु भयो । यसपालिको एैतिहासिक सास्कृतिक सराय नाँच संरक्षण गर्न ब्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका र प्रदेश सरकारबाट सहयोग भएको पनि उहाको भनाइ छ ।
समितिका सचिव पिताम्बर भण्डारीका सरायनाचले सामाजिक सद्भाव र एकता कायम राख्न सहयोग पुगेको बताउनु भयो । नेपाल र नेपालीको मौलिक संस्कार र संस्कृति पछिल्लो समय संकटमा पर्दै जान थालेपछि १ दशक अघिदेखि समितिले निरन्तर सरायँ नांच प्रदर्शन गर्दै आएको संस्थापक ऋषि आजादले बताउनुभयो ।
परापूर्वकालदेखि नाच्दै आएको सरायँ नाचलाई अहिलेका पुस्तासम्म देखाउनुपर्छ भने लागेरै कार्यक्रम गर्न लागिएको आयोजकहरुले बताएका छन् ।
सरायँ खेल्दा तरबार, खुकुरी आदि परम्रागत हातहतियारहरु नचाएर युद्धकला प्रदर्शन गर्दै एक आपसमा खुसी साटासाट गर्ने र रमाइलो गर्ने गरिन्छ । सराय नाँच विशेष गरी लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, रुपन्देही, दाङ तथा गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा तथा अन्य विभिन्न जिल्लाहरुका कोट तथा शक्तिपिठहरूमा नाच्ने प्रचलन छ । जितगढीमा भएको सरायनाचमा रुपन्देहि, कपिलबस्तु,नवलपरासिका देखि सरायहेर्न ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिय । लोपुनलागेको सरायँ नाचलाइ संरक्षण र पुस्तान्तर कालागि भन्दै यो स्थानमा २०७० सालदेखि समितिले नियमित रुपमा सरायँ प्रदर्शन गरिँदै आएको छ ।