रुपन्देहि र आसपासमा बर्षा काटेको र पाकोको धानमा क्षेति

lg/Gt/ jiff{n] 8'afof] sf6]/ ;'sfPsf] wfg s~rgk'/, ! sflQs M uP /fltb]lvsf] lg/Gt/ jiff{n] 8'afPsf] a]bsf]6 gu/kflnsfsf] ;'Gb/k'/l:yt v]tdf sf6]/ ;'sfPsf] wfg . tl:a/M /fh]Gb|k|;fb kg]?÷/f;;

 

कार्तिक ५
काठमाडौं । हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको उल्लेख छ । आज विहानै बुटवल खासपासका क्षेत्रमा बर्षा भएको बर्षाले पाकेको र काटेको धानमा नोक्सान पुराए पछि किसान चिन्तित बनेका छन ।
देशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ । यसैगरी आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । हल्का हिमपातको सम्भावना भएका स्थानमा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.