पुष्प सहकारीको रजतमहोत्सव
बुटवल, कार्तिक १० ।
सहकारीको निति नियममा चलेका र समुदायमा आधारीत सहकारी हरुमा कुनै समस्या नभएको एक कार्यक्रमका बक्त्ताहरुले बताएका छन । सहकारीको नियम प्रकृया र मापदण्डमा नचलेका तथा,गलत नियत भएका समुदायभन्दा बाहिरका संचालक समितिमा रहेका ब्यक्ती बाट सहकारीको रकमको दुरुपयोग,र अपचलन हुनेगरेको पाएको पनि उनिहरुले बताए ।
उनिहरुले सहकारीको सदस्य बन्दा सहकारीको हरेक कुरा बुझेर बन्नुपर्ने उहाहरुको भनाइ रहेको थियो । बुटवल-७ मा अवस्थित पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारणसभा मा बोल्ने बक्ताहरुले सोकुरा बताएका हुन । कार्यक्रममा पुष्प बहुउद्देश्यीय सहकारी का संस्थापक अध्यक्ष चरणदास तिमिल्सेनाले केहि सहकारीको बदमासिले राम्रोकाम गरीरहेका सहकारीमा समेत आशंका पैदा गरेको भन्दै समुदाएमा आधारित सहकारीमा अहिले सम्म समस्या नदेखिएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अथिति समेत रहनुभएका संस्थापक अध्यक्ष तिमिल्सेनाले सहकारीमा श्रोत नखुलेका भष्ट्रचार गरेका रकम समेत राखेर बढी ब्याज लिने र सदस्य भन्दा बाहिरकालाइ समेत ऋण प्रवाहा गर्ने गरेको आफुले गरेको अध्यन बाट थाहापाएको पनि बताउनुभयो । कार्यक्रममा बुटवल उपमहानगर पालिकाका सहकारी शाखा प्रमुख गुनाखर खनालले बुटवलउपमहानगर भित्र झण्डै दश सहकारीमा अपचलनको समस्या देखिएको ति सवै जिल्ला बाहिर,संघ र प्रदेशमा दर्ता भएका तथा अनुमति लिएका सहकारी भएको बताउनु भयो ।
उहाँले आफुले धेरै सहकारीको साधारण सभामा जाने अवसर जुटेको तर कुनैन कुनै खराव कर्जा रहेको ति सहकारीमा भएपनि पुष्प सहकारीमा खराव कर्जा नभएको पाउदा हर्सित भएको बताउदै सहकारीमा सदस्यहरुको हितमा काम गर्नुपर्ने बताउनु भयो । संस्थाका अध्यक्ष रामप्रसाद पाण्डेले पुष्पसहकारीमा सदस्य र संचालक समितिको अथक प्रयासले अहिले सम्म खराव कर्जा नरहेको बताउनुभयो । अध्यक्ष पाण्डेले सहकारीले सवै सदस्यहरुको भावना बुझेर सहकारिको नियमभन्दा बाहिर गएर लगानि नगरीएको बताउनुभयो । कार्यक्रममा इन्द्रेणी बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष मायाँ गौतमले सहकारी मा ठुलो पुजिमात्र भएर नहुने सहि तरीकाले निती र बिधिमा चलाउनु पर्ने बताउदै पुष्प सहकारीको संचालन प्रकृयाबाट आपलु प्रभावित भएको बताउनु भयो । उहाले आप्नै सदस्यहरुले खराव नियत राखेर ऋण लैजादा ऋण असुलिमा समस्या हुनेगरेको बताउनुभयो । सहकारीकी सचिव कल्पना थापाको सञ्चालन, उपाध्यक्ष युवराज अमगाईंको स्वागतमा भएको साधारणसभाले अध्यक्ष राम प्रसाद पाण्डेद्धारा प्रस्तुत बार्षिक प्रगति तथा ८१,८२को निति कार्यक्रम प्रतिबेदन र कोषाध्यक्षको चुडामणि पौडेलद्धारा आर्थिक प्रतिवेदनले तथा लेखा सदस्य सरस्वती ढकाल अर्यालद्धारा प्रस्तुत लेखा प्रतिवेदन पारित गरेको छ ।
सधारण सभाले संस्थाको पुर्नलिखित विनियम २०८१ र संस्थाको रणनितिक योजना २०८१ लाइ अनुमोदन गरेको छ । सहकारीमा हाल पुरुष ३८६ र ५३१ जना महिलासहित कुल ९१७ जना सेयर सदस्य रहेको पुष्प सहकारीको हाल शेयरपूँजी २ करोड ३८ लाख ९८ हजार ७०० रुपैंयाँ चुत्ता पुजि रहेको छ भने कर्जा लगानी ९ करोड २१ लाख १३ हजार पुगेको छ ।
यस्तै बचत ११ करोड ३१ लाख २४ हजार ३४६ रहेको सहकारीको प्रतिवेदनमा उल्लेख छ । सहकारीले गत आर्थिक वर्षमा १४ लाख ४५ हजार ५५३ खुदमुनाफा गर्न सफल भएको छ भने सहकारीको पुजि १५ करोड बढी कुल पुजि पुगेको छ ।