कार्तिक ११ अष्ट्रेलिया
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अष्ट्रेलियाको आयोजनामा शनिवार मेरिलैण्ड स्थित एनआरएनय को सभा हलमा एक कार्यक्रमका विच महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औ जन्म जयन्तीको अवसरमा कविता एवं गजल वाचन, कवि शिववहादुर श्रेष्ठको पुस्तक विमोचन तथा देउसी भैलो कार्यक्रम सम्पन्न भयो ।
समाजका अध्यक्ष डा. प्रकाश पौडेलको अध्यक्षता समाजका सल्लाहाकार प्रो०डा० राजु मानन्धरको स्वागत भाषण तथा महासचिव भावना पराजुलि वास्ताकोटी र जनसम्पर्क प्रमुख मुक्तिराम पोखरेल बाट २ चरणमा गरि संचालन गरिएको सो कार्यक्रममा साहित्यिक श्रष्टाहरु क्रमःश प्राध्यापक उमेश उपाध्याय, डा॰मधु पुडासैनि , शिव बहादुर श्रेष्ठ ,बालकृष्ण बश्याल, राम कोईराला, आशिष भेटवाल, डा. राजु मानन्धर, जितेन्द्र मल्ल, ममता तिवारी, चतुर्भुज खरेल, भावना पराजुली वास्ताकोटी, मुक्तिराम पोखरेल ,जेनिसा गौतम ,नेत्रप्रसाद पौडेल ,ममता तिवारी,सिमा रोशी , आशिष भेटुवाल, मानस बोहोरा कृष्णप्रसाद भट्टराई ,लगायतकाले कविता तथा गजल प्रस्तुत गर्नु भएको थियो ।
सो अवसरमा बाल साहित्यकार आयाम घिमिरे कविता तथा रेभा शाहले सरंगी बजाएर प्रतिभा प्रस्तुत गरेका थिए । उनीहरु दुवैलाई यस अघि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको भर्चुवल कार्यक्रममा पुरस्कृत भएकोमा द्धव वाल कलाकारलाई पुरस्कार प्रदान गरिएको थियो । एनआरएनए अष्ट्रेलिया तथा फेन्का अव्ट्रेलियाको सहकार्यमा गरिएको सो कार्यक्रममा आर एफ० एम० का प्रोपराइटर रन्जित शाहा र भावना श्रेष्ठले कार्यक्रम सफल पुऱ्याउन आर्थिक सहयोग पुऱ्याउनु भएको थियो उक्त अवसरमा अतिथिको रूपमा संक्षिप्त मन्तब्य ब्यक्त गर्दै त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति डा. भुसालले विदेशमा वसेर पनि नेपाली भाषा, साहित्य र सस्कृतिको संरषणमा लागेको देख्दा खुशी लागेको वताउनु भयो ।
त्यस्तै प्राध्यापक उमेश उपाध्यायले यस्ता साहित्यिक कार्यक्रमले नेपालीको पहिचानमा सहयोग पुग्ने र दोश्रो पुस्ताले पनि नेपाली भाषाको महत्वलाई आत्मसात गर्ने विश्वास ब्यक्त गर्नुभयो । एनआरएनएका अध्यक्ष अनिल पोख्रेलले सस्थाले यस्ता कार्यक्रमलाई उच्च प्राथमिकता दिने नीति राखेको जानकारी गराउँदै आगामी दिनमा थप सृजनात्मक काम गर्न नेपाली समुदायलाई आग्रह गर्नुभयो ।सोहि कार्यक्रममा पण्डित नारायण शास्त्री , एनआरएनय का महिला कोर्डिनेटर संगिता चापागाई लगायतकाले समाजले गरेको कार्यको प्रशंशा गरेका थिए कार्यक्रमकै सन्दर्भमा कवि शिववहादुर श्रेष्ठको उपहार नामक पुस्तकको त्रिविका पूर्व उपकुलपति भुषाल, प्रा. उपाध्याय र सस्थाका अध्यक्ष डा प्रकाश पौडेलले संयुक्त रूपमा विमोचन गर्नुभयो । विमोचन पश्चात लेखक तथा प्रकाशक श्रेष्ठले चित्रलेखाको चौरासी भन्ने पुस्तक पढेपछि बुढौलीमा पनि यो गद्ध र पद्ध दुवै रचना रहेको पुस्तक लेख्न प्रेरणा प्राप्त भएको वताउनु भयो ।सोहि कार्यक्रमकै कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. शिव भुसाल र वरिष्ठ पत्रकार डीआर घिमिरेलाई सम्मान समेत गरिएको थियो ।