नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा

 

कार्तिक १२
नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको थियो । यसअघि विवादका कारण एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु भएको पहिलो मिनेटमै सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई बरावरीको खेलमा फर्काएकी थिइन् । यस अघि भारतले खेलको ७०औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो । खेलको ७०औं मिनेटमा भारतले अग्रता लिएपछि रेफ्रीले खेल सुरुगर्न संकेत गरेपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो विवाद भएपछि खेल एक घण्टाभन्दा बढी समय अवरुद्ध बनेको थियो ।


त्यसअघि खेलको ५० औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्ड पाउदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो । अब फाइनलमा नेपालले आगामी बुधबार बंगलादेशसँग खेल्ने छ । दशरथ रंगशाला दर्शकले खचाखच भरीएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.