भैरहवा, १२ कार्तिक । नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीको दोस्रो नगर अधिबेशनको उद्घाटन भएको छ । नेकपा एमाले सिद्धार्थनगरको भैरहवाको युनिक बैंकवेटमा दोस्रो नगर अधिबेशन नेकपा एमालेका केन्द्रिय सचिब छबिलाल बिश्वकर्माले उद्घाटन गरेका छन् ।
उद्घाटन सत्रमा केन्द्रिय सचिब छबिलाल बिश्वकर्मा, नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, पोलिटब्यूरो सदस्य तथा पूर्ब मुख्यमन्त्री लिला गिरी, पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, नेकपा एमालेका केन्द्रिय निर्बाचन आयोग सदस्य भरत कुमार पोख्रेल, पूर्ब रास्ट्रिय सभा सदस्य गोपाल भट्टराई, लुम्बिनी प्रदेश सदस्य तथा सिद्धार्थनगर इन्चार्ज हरि अधिकारी, नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे, निबर्तमान जिल्ला अध्यक्ष तेजेन्द्र केसी, जिल्ला उपाध्यक्ष हितराज पन्थी, जिल्ला उप सचिब बाबुराम पन्थी लगाएतका नेताहरुको उपस्थिति रहेको छ । अधिबेशनमा १ सय ७० जना प्रतिनिधि रहेका छन् । आयोजक नगर कमिटी ६५ जना र वडाबाट चुनिएका प्रतिनिधि १ सय ५ जना प्रतिनिधि नगर अधिबेशनमा सहभागी रहेका छन् ।