राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिस्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुने भएको छ । समितिले सैनामैनामा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय स्तरिय लोकभनज प्रतियोगिता गर्न लागेको जानाकारी दिएको छ । आउंदो मंसिर १५ गते पर्रोहा माध्यमिक विद्यालयको खेल मैदानमा हुने लोक भजन प्रतियोगितामा २० भन्दा बढि विद्यालयको सहभागिता हुने प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नारायण लेकालीले बताउनुभयो । लोक भजन पछिल्लो समय लोप हुंदै गएको र त्यसको संरक्षण र प्रबद्र्धन विद्यालयका बालबालिकाहरु बाट गर्ने उद्देश्यले प्रतियोगिताको आयोजन ागर्न लागेको उहांले बताउनुभयो । बाईट….१ । कुल ३ लाख खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्धितिय हुनेले १५ हजार, तृतिय हुनेले १० हजार र शान्त्वना हुनेले ५ हजार प्राप्त गर्ने आयोजकको दावी छ । हाल लोक भजन चुड्का संरक्षण प्रतिस्ठान ५३ भन्दा बढि जिल्लामा फैलिएको छ । जिल्ला अध्यक्ष दामोदर अधिकारीले भजन प्रतियोगिता विद्यालय स्तरमा पहिलो पटक हुन लागेको भन्दै यसले नेपाली संस्कार, संस्कृतिको जर्गेना गर्ने बताउनुभयो ।