बुटवल, कार्तिक, यहि कार्तिक १५ देखि १७ गते सम्म बुटवल अमरपगरथमा दिपावली महाेत्सव हुने भएकाे छ । काेभिडका कारण राेकिएकाे महाेत्सव याे बर्ष देखि निरन्तरता दिईएकाे हाे । अमरपथ व्यवसायि समितिका अध्यक्ष राम कुमार रणपाल ले नेपाली माैलीक सास्कृतिक प्रस्तुति महाेत्सवा रहने जानकारी दिए ।
३ दिन दिन सम्म चल्ने मेलमा अमरपथमा विशेष छुटकाे समेत व्यवस्था गरिएकाे छ । अमरपथ व्यवसायी समितिका सल्लाहकार पुरन श्रेष्ठले ले याे बर्षकाे महाेत्सवमा भैलाे प्रतियाेगिता गरन लागिएको जानकारी दिए। गाेकुल विश्वरकर्मा ले महाेत्सव लाई सफल बनाउनकाे लागि विशेष समितिनिर्माण गरि काम गरिएकाे जानकारी दिए । पुर्व अध्यक्ष तथा सल्लाहकार दिपक विश्वकर्मा का अनुसार माैलिक पर्दशनि आयाेजनाबाट सबैमा राम्रो सन्देश जाने जानकारी दिए । १४ औ अमरपथ दिपावली महोत्सव- २०८१अमरपथको व्यापार, व्यवसाय प्रवर्द्धन र मौलिक सांस्कृतिक जर्गेनाको लागि अमरपथ टोल व्यवसायी समितिद्धारा आयोजित अमरपथ दिपावली महोत्सव-२०८१ यो वर्ष बुटवल उपमहानगरपालिका प्रमुख संरक्षक र बुटवल उद्योग वाणिज्य संघ संरक्षक रहने गरी सञ्चालन गरिएको छ नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक, र भौगोलिक रूपमा विविधता भएको देश हो । यहाँको छुट्टै कला संस्कृति र परम्परा रहेको छ । चार जात छत्तीस वर्णको साझा फुलवारी रहेको हाम्रो देशमा विभिन्न धर्मसंस्कृति अनुसारको चाडपर्वहरू रहेको कुरा सर्वविदितै छ । यसै अन्तर्गत नेपालीहरूको दोस्रो महान चाड शुभ दिपावलीको अवसरमा हरेक वर्ष जस्तै यस वर्ष पनि बुटवलको अमरपथमा व्यवसाय गरी वस्ने व्यवसायीहरूको साझा संस्था अमरपथ टोल व्यवसायी समितिको आयोजनामा १४ औ अमरपथ दिपावली महोत्सवको आयोजना गर्न लागिएको अध्यक्ष रणपालले जानकारी दिए । महोत्सव यही कार्तिक १५ गते बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेकाे प्रमुख आतिथ्यतामा समुदघाटन गर्ने कार्यक्रम रहेको छ । समुदघाटन कार्यक्रममा नेपाली संस्कृति र मौलिकता झल्कने गरी नौमती बाजाको पनि प्रस्तुती रहने व्यवस्था छ । नेपाली कलासंस्कृति तथा परम्परालाई संरक्षण, सम्वर्द्धन, मनोरन्जन तथा विभिन्न किसिमका फुड फेस्टीवल समेत समेटीने प्रयास गरिने छ । त्यसैले उक्त कार्यक्रम सभ्य र भव्य रूपमा पर्व मनाउने उद्देश्यले आयोजना गरिदै आएको यस महोत्सव विशुद्ध रूपमा सामाजिक कार्य रहेको छ । यही कार्तिक १५ देखि १७ गते ३ दिनसम्म चल्ने यस महोत्सवमा राष्ट्रिय स्तरकादेखि स्थानीय कलाकारहरूको वेजोड प्रस्तुती रहने छ तीन दिनसम्म चल्ने मेलामा करिव पाँच लाख बराबरको लागत लाग्ने हामीले अनुमान गरिएकाे छ । महोत्सवमा विगतदेखि नै निःशुल्क प्रवेशको व्यवस्था गरिएमाे छ। महोत्सव अवधिभर अमरपथमा सपिङ्ग गर्ने ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरिएको छ । करिव २५० व्यवसायीहरुको संलग्नता रहेको यस अमरपथ टोल व्यवसायी समितिले विगत लामो समयदेखि यस महोत्सवको आयोजना गर्दै आएको छ ।