वन तथा वातावरण संरक्षणसम्बन्धी समीक्षा प्रतिवेदन हस्तान्तरण

 

बुटवल, कार्तिक १३ । लुम्बिनी प्रदेशको वन तथा वातावरण संरक्षणसम्बन्धी व्यवस्था गर्न बनेको ऐन–२०७७ को समिक्षा प्रतिवेदन कृषि वन तथा वातावरण समितिलाई हस्तान्तरण गरिएको छ । चाँदनी नेपाल, रूपन्देहीको तयार पारेको समिक्षा प्रतिवेदन मंगलबार समितिका सभापति विश्वप्रेम पाठकसहित कांग्रेस प्रमुख सचेतक जमुना ढकाल र एमाले सांसद जानकी न्यौपानेलाई हस्तान्तरण गरिएको हो ।

ऐनलाई १७ वटा बुँदाहरु समावेश गरी संवोधन गर्न प्रस्ताव गरिएको छ । कार्यक्रममा समीक्षात्मक टिप्पणी राख्दै वातावरणविज्ञ युवराज कँडेलले प्रादेशिक विशिष्टतालाई फाइदा पुग्ने गरी ऐनलाई संवोधन गर्न प्रस्ताव गरिएको बताए । प्रदेशका ऐन हतार–हतार बनाउने कार्यान्वनमा जटिलता देखिएकोले त्यसमा गहन अध्ययन र छलफल आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै समितिका सभापति पाठक सुझाव प्रतिवेदनलाई अध्ययन गरी त्यसबारे एउटा धारणा समितिले बनाउने बताए । हतार हतारमा ऐन बनाएर खुसी मनाउन आवश्यक नरहेको उनको भनाइ छ । कांग्रेस सांसद जमुना ढकालले प्रतिवेदन सही सुझाव ग्रहण गर्न आवश्यक रहेको बताइन । एमाले सांसद जानकी न्यौपाने प्रतिवेदनले औलाएका सुझावलाई आफू रहेको समितिमा पनि राख्ने बताइन । कार्यक्रममा नेपाल चम्बर अफ कर्मश लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहोरा, बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष उज्जवल कसजू, वरिष्ठ पत्रकार शेरबहादुर केसीलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन चादनी नेपालका कार्यकारी निर्देशक भवानी प्रसाद पाण्डेले गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.