बजार चलायमान र मौलिक संस्कृतिक जोगाउन बुटवलको अमरपथमा दिपावली महोत्सव

 

बुटवल, कात्तिक १५ । नेपालीहरुको महान पर्व तिहारको अवसरमा बुटवलमा १४ औं दीपावली महोत्सव सुरु भएको छ । अमरपथ ब्यवसायी समिति बुटवलको आयोजनामा बुटवलको मुख्यबजार अमरपथ क्षेत्रमा तीनदिने दीपावली महोत्सव २०८१ सुरु भएको हो । बुटवलको खस्किँदै गएको बजारमा चहलपहल बढाउन र दिपावलीको मौलिक संस्कृतिक जगेर्ना गर्नकालागि महोत्सव आयोजना गरिएको महोत्सव आयोजक अमरपथ टोल ब्यवसायी समितिले जनाएको छ । महोत्सवको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको विकास सबैको साझा विषय भएको बताउँदै नगरपालिकाले सबैसँग सहकार्य गर्ने बताउनुभयो ।

उहाँले पश्चिम नेपालकै ऐतिहासिक बुटवल बजारलाई चलायमान गराउन ब्यवसायीहरुसंग मिलेर काम गर्न उपमानगरपालिका तयार रहेको बताउनुभयो । के गर्दा ब्यवसायीको संरक्षण हुन्छ र बजार चलायमान हुन्छ भन्ने योजना लिएर आउन व्यवसायीहरुलाई आग्रह गर्नुभयो । चलनचल्तीमा हुँदै आएको व्यापार व्यवसायलाई आधुनिक परिवेशअनुसार परिमार्जित गरेर अगाडि बढ्न पनि उहाँले सुझाव दिनुभयो । कार्यक्रममा समितिका अध्यक्ष रामकुमार रणपालले बुटवलको खस्किँदो व्यापारलाई उठाउन बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा दीपावली महोत्सव आयोजना गरिएको भन्दै सहयोग र सहभागिताको लागि अनुरोध गर्नुभयो ।

खुला सीमा,पार्किङ् अभाव र घरभाडा महङ्गो हुँदा अमरपथका ब्यवसायीहरु विस्थापित हुन थालेको भन्दै उहाँले समस्या समाधानका लागि सरोकारवाला हरुलाइ आग्रह गर्नुभयो । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले केहि समयदेखि बेलहिया नाका खुकुलो हुँदा ब्यवसायीका समस्या थपिदै गएको बताउनु भयो । सवैपक्ष मिलेर ब्यवसायीका समस्याको समाधान गर्नुको विकल्प नभएको बताउदै अध्यक्ष अर्यालले ब्यवसायीहरुको संरक्षणमा बुटवल उद्योग वाणिज्य संघले नेतृत्वदायी भुमिका खेलिरहेको पनि बताउनुभयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले दीपावली महोत्सव मात्रै नभएर देउसी भैलोलगायतका सांस्कृतिक कार्यक्रमलाई मौलिक बनाउन आग्रह गर्दै बुटवलको व्यवसायिक विकासका लागि आफुले सक्दो पहल गर्ने प्रतिवद्दता जनाउनुभयो ।

अमरपथ महोत्सव तथा टोल ब्यवसायी समितिका संस्थापक अध्यक्ष राजेन्द्र ध्वजूले आर्थिक मन्दी लागायतका कारणले आफुहरु विस्थापित हुन लागेको बताउदै यो ऐतिहासिक बजार विस्थापित हुनबाट रोक्न आग्रह गर्नुभयो । कला संकृतिलाई संरक्षण गर्न दिपावली महोत्सव आयोजना गरिएको पनि उहाँले बताउनुभयो । समितिका पुर्वअध्यक्ष गोकुल विश्वकर्माले १४ औं अमरपथ दीपावली महोत्सवमा सांस्कृतिक कार्यक्रमसहित सामानमा २० प्रतिशतसम्मको छुट दिइने बताउनुभयो । कार्यक्रमा बुटवलउपमहानगर वडानम्वर ४ का अध्यक्ष नरिश्वर पौडेल, होटल ब्यवसायी रुपन्देहिका अध्यक्ष लेखनाथ भण्डारी, प्रकाशकुमार श्रेष्ठ लगायतले व्यवसायीलाइ संरक्षण गदै बजार चलायमान बनाउन सवैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

अमरपथ टोल ब्यवसायीका समितिका अध्यक्ष रामबहादुर रणपालको अध्यक्षता र पुर्वअध्यक्ष गोकुल विश्वकर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । तीन दिनसम्म सञ्चालन गरिने दीपावली महोत्सव अवधिभर विशेष छुटमा सामानको विक्री वितरण, नेपाली मौलिक तथा सांस्कृति र खानाका परिकार तथा विविध सांस्कृतिक प्रस्तुति रहनेछ

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.