बुटवल, कात्तिक । नेपालीहरुको महान पर्व तिहारको अवसरमा बुटवलमा तिन दिन सम्म चलेको १४ औं दीपावली महोत्सव सकिएको छ । अमरपथ ब्यवसायी समिति बुटवलको आयोजनामा बुटवलको मुख्यबजार अमरपथ क्षेत्रमा तीनदिने दीपावली महोत्सव २०८१ भएको थियो ।
बुटवलको खस्किँदै गएको बजारमा चहलपहल बढाउन र दिपावलीको मौलिक संस्कृतिक जगेर्ना गर्नकालागि महोत्सव आयोजना गरिएको महोत्सव आयोजक अमरपथ टोल ब्यवसायी समितिका अध्यक्ष रामकुमार रणपालले बताउनु भयो ।
महोत्सवको समापन गर्दै अध्यक्ष रामकुमार रणपालले सवै संगको सहकार्यमा आगामि दिनमा महोत्सव लाइ निरन्तरता दिने बताउनु भयो । कार्यक्रममा पुर्व अध्यक्ष गकुल विश्वकर्मा ले यस्ता महोत्सवले कलासंस्कृतिको संरक्षणमा सहयोग पुराउने उद्देश्यले आयोजना गरीएको बताउनु भयो ।
कार्यक्रममा टोलब्यवसायि समितिका सचिव किरण खनालले महोत्सवले अमरपथको छुट्टै सास्कृतिक पहिचान बनाएको बताउनु भयो । तिनदिन सम्म चलेको महोत्सवमा २० हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेको आयोकले जनाएको छ ।
कार्यक्रममा कलाकार तथा साकृतिक कार्यक्रमका संयोजक नारायण विपि, संजय सौगात, बिक्रमवावु बिश्वकर्मा,पुरुषोत्तोम भण्डारी पुर्खेवा,मन्जु भट्टराइ,विनिता शाहि लगायत एकदर्जन कलाकारको बेजोड प्रस्तुति रहेको थियो ।