तीन दिने चीन भ्रमण सकेर लुम्बिनीका मुख्यमन्त्री स्वदेश फिर्ता विदेशी लगानीकर्तालाई आकर्षीत गर्न भ्रमण उपलब्धिमुलकः मुख्यमन्त्री

 

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री स्वदेश फर्किनु भएको छ । चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तराष्ट्रिय सम्मेलनमा भाग लिएर मुख्यमन्त्री बिहिवार स्वदेश फर्किनु भएको हो । कार्तिक २६ गते सोमवार त्यस तर्फ जानु भएको थियो । सिचुआन प्रदेशका वैदेशिक विभागका उपमहानिर्देशक पाङग्वाङ ल्याङले तियान्फु विमानस्थल पुगेर मुख्यमन्त्री आचार्य सहितको प्रतिनिधि मण्डलको विदाई गर्नु भएको थियो । स्वदेश फर्कनु भएका मुख्यमन्त्री आचार्यले सम्मेलन मार्फत लुम्बिनी प्रदेशको समृद्धि र विकासका एजेण्डाहरु स्थापित गर्न सफल भएको बताउनु भएको छ ।‘सम्मेलन मार्फत लुम्बिनी प्रदेशको विकासको एजेण्डा र भावी योजनाको बारेमा ध्यानाकर्षण गराउन सफल भयौं’उहाँले भन्नुभयो,‘लुम्बिनीमा हुने लगानी सम्मेलनको वातावरण निर्माण देखि विदेशी लगानीकर्ताहरुलाई आकर्षीत गर्ने सवालमा यो भ्रमण ऐतिहाँसिक रह्यो ।’

सिचुआन प्रदेश र लुम्बिनी प्रदेशको विचमा भएको मितेरी सम्वन्ध पुर्नताजगि भएको, भ्रमणले लुम्बिनीमा लगानी भित्र्याउन वातावरण निर्माण गर्न सफल भएको, नवीन पर्यटनमैत्री योजना र पूर्वाधार निर्माण तथा सिचुआनको देयाङ नगर संग लुम्बिनीका नगरपालिकाहरुको मितेरी सम्वन्ध स्थापना गर्ने बारेमा योजना बनाउन सफल भएको भ्रमण दलमा सहभागि मुख्यमन्त्रीका स्वकिय सचिव कुशल भुसालले जानकारी दिनुभयो । सम्मेलन मार्फत मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशभित्र सिचुवान प्रान्तलगायत कुनैपनि प्रान्तबाट इच्छुक लगानीकर्ताको लगानी भित्र्याउन र लगानी सुरक्षित गर्न आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा सार्वजनिक गर्नु भएको थियो ।
नवलपरासी पश्चिम र कपिलवस्तु जिल्लालाई बुद्ध सर्किट संग जोड्ने योजनालाई कार्यान्वयनमा ल्याउन मोनोरेल सञ्चालन बारे अध्ययनका लागि विदेशी लगानीकर्ता समक्ष योजना अघि सार्नु भएको थियो । प्रदेश राजधानी शहर निर्माण आयोजना, भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्रदेश राजधानी शहर राप्ती देउखुरी जोडन आवस्यक पर्ने सुरुङमार्ग निर्माण, बुद्ध सर्किटमा पर्ने बिभिन्न स्थलमा पर्यटन भौतिक पूर्वाधार निर्माण र मोनोरेल, लुम्बिनी प्राबिधिक बिश्वबिद्यालयका लागि चिनिया प्राविधिक बिश्वबिद्यालयको आवस्यक सहयोग, चिनिया बिधायन पद्धति र सिकाइका आधारमा लुम्बिनी प्रदेश सभाका सभासदहरुको क्षमता अभिवृद्धिका लागि आवस्यक सहयोग, कृषक, पशुपालकहरुको लागि क्षमता अभिवृद्धि उत्पादित बस्तुबजारीकरण तथा जडिबुटी उत्पादकहरुको लागि क्षमता बिकासमा सहयोग तथा बजारीकरणमा सहयोग, पर्यटनस्थल व्यवस्थापन र पथपर्दशन सम्बन्धि बिशिष्ट तालिम एवं भाषा प्रशिक्षणको बिषयमा ध्यानाकर्षण गराइएको थियो ।
सम्मेलनमा मुख्यमन्त्री आचार्य सहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत,स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डा. सागर न्यौपाने र मुख्यमन्त्रीकी श्रीमती दिपा आचार्य सहभागी हुनुहुन्थ्यो । वि.सं. २०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्त विच भगेनी सम्वन्ध कायम गरिएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले सिचुआन प्रान्त विच भगेनी सम्वन्ध कायम गर्नु भएको थियो । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्त विच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.