दीपमा तहगत गायन प्रतियोगिता

 

बुटवल, मङ्सिर ।
विद्यार्थीका रुचि, प्रतिभा, कला, सिप तथा क्षमतालाई उजागर गराउने उद्देश्यले हरेक साता नियमित रूपमा भिन्न भिन्न विधामा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको रूपन्देहीको बुटवल-८ सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कुलमा गायन प्रतियोगिता (दीप सिङ्गिङ आइडल) सम्पन्न भएको छ ।
विद्यालयका उपप्राचार्य एवम् अतिरिक्त क्रियाकलाप प्रमुख सुरेन्द्रकुमार शाक्यको अध्यक्षता, उपप्राचार्य ज्ञानु थापाको प्रमुख आतिथ्य, सम्पूणर् तहगत संयोजक र शिक्षकवर्गको आतिथ्यमा कार्यक्रम भएको हो ।

तहगत रूपमा आयोजित उक्त गायन प्रतियोगितामा विद्यार्थीहरूले नेपाली भाषामा ट्रयाक तथा बिनाट्रयाकमा सदावहार गीत, लोकगीत, आधुनिक गीत, चलचित्रका गीत, पप गीत तथा राष्ट्रिय गीत गाएर आआफ्ना कला र गला सार्वजनिक गरेका थिए । प्रतियोगितामध्ये कक्षा एकदेखि तीनसम्मका विद्यार्थीमा पिया सारू प्रथम, एन्जल परियार द्वितीय, युविन भट्टराई तृतीय र रिदम तिमिल्सिना सान्त्वना भए भने कक्षा चारदेखि छसम्ममा प्रिसा पोखरेल प्रथम, दिप्ति शाक्य द्वितीय, प्रमिशि गहतराज तृतीय, साहसी छन्त्याल प्रोत्साहन हुन सफल भए । त्यस्तै कक्षा सातदेखि दशसम्मका विद्यार्थीको स्पर्धामा अङ्किता बस्नेत प्रथम, आदर्श गुरुङ द्वितीय, सचिना पुरी तृतीय तथा एलिस सुत्पराई र रिती बम ठकुरी प्रोत्साहन घोषित भए ।


प्रतियोगितामा विद्यालयका शिक्षक अमर खत्री, दीपकचन्द्र भुसाल र सङ्गीता श्रीसले मूल्याङ्कनको काम गरेका थिए । उपप्राचार्य शाक्यले किताबी पढाइ मात्र नभई विद्यार्थी बनेर विद्यालय आएपछि हामीले के सिक्यौँ र कसरी आफूलाई अगाडि बढायौँ भन्ने कुरा महत्त्वपूणर् भएको बताए ।

पढ्नु भनेको ज्ञान लिनु हो तर पढेर मात्र सबै विकास नहुने हुँदा यस्ता खाले अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई क्रमिक रूपले दूरगामी फाइदा पुग्ने बताउँदै विद्यार्थीले आगामी दिनमा पनि भिन्न भिन्न कार्यक्रमा सहभागिता जनाउनुपर्ने बताएका थिए ।
सम्पूणर् शिक्षकवर्गको सहजीकरणमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक तथा सांस्कृतिक विभाग प्रमुख विजय सापकोटा, शिक्षकहरू रेखा आचार्य, अनिल पंगेनी, सरिता सोती र श्याम बस्यालले प्राविधिक संयोजकका रूपमा भूमिका निभाएका थिए भने कार्यक्रम शिक्षक सन्दीप बस्यालले सञ्चालन गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.