अर्थतन्त्र सुधारसंगै लगानीको वातावरण बनेको छ ः अर्थ मन्त्री पौडेल

 

अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारसंगै लगानीको वातावरण बनेको बताउनुभएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको लुम्बीनी प्रादेशीक कार्यालय र शाखा कार्यालयको उद्घाटन गर्नुहुँदै अर्थ मन्त्री पौडेलले अर्थतन्त्रका सुचकहरुमा उत्साहजनक सुधार आएसंगै लगानीको वातावरण बनेको बताउनुभएको हो ।
उहाँले उद्योगी व्यवसायीहरुले लगानीका लागि बैंकसंग कर्जा माग्दा नपाउने अवस्था हटेर पर्याप्त लगानी गर्न सक्ने अवस्था रहेको भन्दै उद्योगी व्यवसायीहरुलाई ढुक्क भएर लगानी गर्न अनुरोध गर्नुभयो ।

अर्थमन्त्री पौडेलले उद्यम व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक पूँजी, प्रविधिको उपलब्धतासंगै वातावरण बनिसकेकाले ढुक्क भएर व्यवसायीहरुले आफ्नो व्यवसाय अगाडि बढाउनसक्ने बताउन सक्ने बताउनुभएको हो ।
अहिले बैंकको व्याजदर एकल अंकमा आईसकेको र लगानीयोग्य तरलता बैंकमा रहेको स्मरण गर्दै मन्त्री पौडेलले उद्यम व्यवसायका लागि थप सहज वातावरण बनाइने जानकारी दिनुभयो ।
उद्योग, व्यवसाय विना अर्थतन्त्र चलायमान नहुने भन्दै उहाँले उद्योग व्यवसाय सञ्चालनका लागि सरकारले सकारात्मक पहल कदमीहरु लिइरहेको जिकिर गर्नुभयो । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँकका अध्यक्ष ढुङगानाले नेपालको माटो सुहाउँदो सेवा र सुविधाहरु प्रदान गर्न आफुहरु प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले कृषि, उर्जा, व्यापार, शिक्षा, स्वास्थ्या, उद्यम व्यवसाय, निर्माण, नविकरणीय उर्जा लगायतका विषयगत क्षेत्र तय गरी लगानी गरिरहेको बताउनुभयो । सहज, छिटो छरितो र सेवाग्राही केन्द्रीत सेवा प्रवाहमा आफुहरु सदैव सजग रहेको स्मरण गराउँदै अगामी दिनमा बैँकका हरेक गतिविधिलाई सूचना प्रविधिसंग जोड्दै लैजाने दावी गर्नु भयो । उहाँले लघु उद्यम, किसानसंग वाणिज्य बैँक जस्ता कार्यक्रमसंगै वित्तीय पहुँचको विस्तारका लागि शाखा विस्तारलाई तिव्रताका साथ अगाडि बढाएको बताउनुभयो । सबैको साथ सहयोग र सहकार्यबाट आर्थिक समृद्धि हासिल गर्न सम्भव रहेको भन्दै उहाँले समग्र अर्थतन्त्र सुधारमा सहयोग पुग्नेगरी आफुहरुले कार्यक्रमहरु अगाडि बढाएको जिकिर गर्नुभयो ।
यसैगरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले बैँकले उत्पादनलाई जोड दिँदै कृषि, पर्यटन, उर्जा, साना उद्यम एवम् पूर्वाधार क्षेत्रमा लगानी बढाएको बताउनुभयो ।
उहाँले वित्तीय साक्षरता, समाजिक समुदायिक कार्यलाई जोड दिँदै नागरिकसंग बाणिज्य बैँकको सम्बन्ध थप सुमधुर बनाउन काम गरिरहेको बताउनुभयो ।


प्रतिस्प्रर्धी बजारको माग अनुसार बैँकले सेवा र सुविधाहरुलाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुश गरी बैँकले आफ्नो कार्यलाई परिमार्जित रुपमा अगाडि बढाएको बताउनुभयो ।
साझा प्रतिवद्धताले मात्र समृद्धि सम्भव रहेको स्मरण गराउँदै प्रमुख कार्यकारी अधिकृत खनालले बैँकलाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूणर्लाई धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग भए बैँक उत्कृष्ट बन्ने विश्वास व्यक्त गर्नुभयो ।
देशको अर्थतन्त्रमा देखिएको असहज अवस्थाका बावजुद बैँकले आफ्ना सूचकहरुलाई व्यवस्थापन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान दिइरहेको स्मरण गराउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.