छत्रकोटमा अध्यक्षकप खेलकुद प्रतियोगीता २०८१ सुरु

 

गुल्मीको छत्रकोट गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्षकप खेलकुद प्रतियोगीता २०८१ सुरु भएको छ ।
छत्रकोट गाउँपालिका ६ को खज्याङ्ग खेल मैदानमा सुरु भएको दोस्रो अध्यक्ष कपको उद्घाटन गर्दै अध्यक्ष राम प्रसाद पाण्डेले खेलाडी राष्टका गहना भएकाले खेलकुदको विकासमा पालिकाले ध्यान दिएको बताउनु भयो । खध्यक्ष पाण्डेले छत्रकोट पालिकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्दामा अवब्वल हुने खेलाडि उत्पादन गर्ने गरी योजना बनाएको बताउनु भयो ।

खेलाडि हरुलाइ व्यवसायीक बनाउने गरी पालिकाले खेलकुदका गतिविधिमा सहयोग पुराउदै आएको बताउनु भयो । राष्ट्रिय नारा“स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारालाई गाउँपालिकाले आत्मसाथ गरेर अगाडि बढेको अध्यक्ष पाण्डेले बताउनु भयो ।कार्यक्रमा प्रमुख प्रशासकिय अधिकृत विर ब पुनले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो । कार्यक्रममा उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर पुन, जिल्ला समन्वय समिती सदस्य महेश्वर भण्डारी, पुर्व जिल्ला समन्वय समिती सदस्य गंगा पन्थ, समाजसेवी बद्री प्रसाद घिमिरे लगाएत बोल्दै खेलकुदको विकासले पालिको पहिचान बनाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, शिक्षा समितिका पदाधिकारी, खेलकुद प्रवर्द्धन समितिका पदाधिकारी, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष , विद्यालयका प्र.अ., स्वास्थ्य शाखाका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार तथा खेलप्रेमी स्थानीय दर्शकको उपस्थिति रहेको थियो ।
वडा नं ६ का वडाध्यक्ष नारायण रेश्मीको स्वागतमा भएको कार्यक्रमको सञ्चालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टिकाराम आचार्यले गर्नु भएको थियो।
कार्यक्रममा बाबुराम सुनारको टिमले स्वागत गित प्रस्तुत गर्नुका साथै
जन मा वि खज्याङ्गका विद्यार्थी र प्रत्यक वडाका खेलाडीहरुले मार्च पास , आत्मबोध मा वि विद्यार्थीले पञ्चेबाजा समेत प्रस्तुत गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.