नेपाल लाइ ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने चीनका राष्ट्रपतिको घोषणा

१८ मंसिर ।
चीनका राष्ट्रपति सि चिनपिङले नेपाललाई ५०० मिलियन आरएमबी अर्थात करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्तामा सो अनुदान घोषणा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
चार दिने चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग आज भेटघाट तथा छलफल गर्नुभएको थियो सो क्रममा सो घोषणा भएको हो ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूणर् निमन्त्रणामा प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि सोमवार चीन प्रस्थान गर्नुभएको हो ।
बेइजिङमा आज मंगलबार चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै ९ बुँदे सहमतिमा हस्ताक्षर समेत भएको छ । आजै चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता समेत गर्नुभएको छ । प्रधानमन्त्री ओली यही मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.