गरिव विपन्न परिवार लाइ ग्याँस सिलिण्डर चुलो वितरण

 

रुपन्देहि, १९ मंसिर ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका १३ का गरिव विपन्न परिवार लाइ ग्याँस सिलिण्डर चुलो वितरण गरिएको छ ।
वडाका महिलाहरुलाई धुलो धुवाँले आँखाको रोगहरु लाग्ने गरेको तथा फोक्सो मुटुमा समेत समस्या देखिएपछि महिलाहरुलाई धुवावाट बचाउनका लागि ग्यास सिलिण्डर र चुलो सेट वितरण गरिएको वडा अध्यक्ष सईद मुहम्मद खाँले बताउनुभयो । गत वर्ष पनि दलित विपन्न वर्गलाई वितरण गरिएको र आगामी बर्षमा यस्ता विभिन्न योजनाहरु वडावासीहरुसमक्ष ल्याउने उहाले बताउनुभयो । सर्वसाधारण ले सिलिण्डर चुलो पाएपछि आफुहरुलाइ सहज भएको भन्दै सुसि ब्यक्त गरेका छन ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न १३ वडा अध्यक्ष सईद मुहम्मद खाँ, लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, समन्वय शाखा प्रमुख फणिन्द्र कुमार पाललगायतले ग्यास सिलिण्डर र चुलो वितरणले सर्वसाधारणलाई लाभ पुगेको बताउनु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.